- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारतातिएको बहाना, चिसिएको चाहना

तातिएको बहाना, चिसिएको चाहना

- Advertisement -spot_img

नेपालको राजनीतिमा यो देशका राजनेताले देश र जनताको लागि गर्न लागेको आजबाट पनि होइन । जहिले पनि नेता लडेका, नेता खटेको, नेता डटेका, नेता अघि बढेको, नेता सडेको, नेता संघर्ष गरेको देश र जनताकै लागि भयो र हुँदै आयो ।
जनताका पछि नलागेका कोही पनि नेता भएनन् र समस्या अघि नलागेका कोही पनि जनता भएनन् । नेताले देश र जनताको सेवा ग¥या ग¥यै, देश र जनतापछि प¥या प¥यै । यो कस्तो अचम्म ? भन्न भनाउन, सुन्न सुनाउन, देख्न देखाउन र भोग्न भोगाउन पनि लाज लाग्ने जस्तो कुरा ।
सेवा गर्नेले गरिरहने, सेवा पाउने सबै मरिरहने । कस्तो अचम्मको सेवा ? नेताले गरेको सेवा जति सबै जनतालाई, जनताले पाउने सुख, सुविधा जति सबै नेतालाई । कस्तो गजब ? कर्मजति जनताका नाममा, फलजति नेताका नाममा । यो देशका नेता जति देश र जनता भनेर चर्को स्वरमा नाराबाजी गरिरहेका छन् नि ? त्यो साँच्चिकै माहोल ततालउनको लागि होला कि ? बहानबाजी गर्नेको लागि होलाकी ?
अभिनय गर्न र देखाउनको लागि होला ? होइन भने आजसम्म पनि कनि जनता लाभान्वित हुन सकेनन् ? हिजो नेता के गर्दै थिए ? देश र जनताको लागि सेवा गर्दै थिए । आज नेता के गर्दैछन् ? देश र जनताको सेवा गर्दैछन् ? भोलि नेता के गर्दै रहेको हुनेछन् ? देश र जनताको सेवा गर्दै रहेको हुनेछ ?
यसरी त्रिकालमै देश र जनताका सेवा मा खटेका र डटेका नेताको सेवाबाट जनता नअघाएर किन उल्टै नेता अघाएका ? मोताएका, भुँडी लागेका ? कस्तो जादु हो यो ? सेवा जति जनतालाई, मेवाजति नेतालाई ? खाना खाने र जनता मोटाउने नेता । हाम्रा देशका नेतालाई कमजोर ठान्ने हो, मान्ने हो र भन्ने हो भने हिजो २००७ साल खाएका र पचाएका । हिजो २०१७ साल खाएका र पचाएका ।
हिजो २०४६ साल खाएका र पचाएका । हिजो २०६२÷०६३ साल खाएका र पचाएका । यस्तालाई कमजोर भन्ने वित्तिकै नेताको चित्त दुःखी हाल्छ । कमजोर भन्न पनि नहुने । कमजोर ठान्न पनि नहुने । कमजोर मान्न पनि नहुने ।
तर यस्ता दक्ष, योग्य, कर्मठ, निश्कलंक र शुद्ध स्वच्छ छबि भएकाले देश र जनताको हालतलाई कनि सुधार्न सकेनन् ? समीक्षा र विश्लेषण गर्नुपर्ने कुरा के हो भने ‘हिजो चप्पल लगाउने नेता आज जुत्ता लगाउने हैसियतमा पुगीसके । हिजोसम्म जुत्ता लगाउने नेता आज मोटरबाइक चढ्ने भइसके ।
हिजो मोटरबाइक चढ्ने नेता आज चिल्लो कार चढ्ने भइसके । हिजो चिल्लो कार चढ्ने नेता आज प्लेन तथा हेलिकप्टर चढ्ने भइसके । नेताहरुको स्थिति, परिस्थिति र अवस्था दिनानुदिन एक–एक स्टेप बढ्दै छ, चढ्दै छ भने जनता किन दिनानुदिन दुखित बन्दैछन् । नेताहरुको सेवा जनताप्रतिको के हो ? नाटक, अभिनय, कला, बहान, चलखेल, जालझेल वा षड्यन्त्र किन प्रष्ट हुन सकेन ?
हिजो २००७ र २०१७ सालमा नेपाली काँग्रेस प्रजातन्त्रको विरुद्धमा लड्यो । कसका लागि ? देश र जनताका लागि । हिजो २०५२ सालदेखि २०६२ सालसम्म माओवादी पाटी भूमिगत भएर नेपालको संविधान २०४७ को विरुद्धमा सशस्त्र युद्धमा होमियो ।
कसका लागि ? देश र जनताका लागि ? हिजो २०६२–०६३ सालमा देशका सम्पूर्ण राजनीतिक शक्ति र समूह राजतन्त्रका विरुद्धमा लडे र जनआन्दोलन गरे कसका लागि ? देश र जनताका लागि । आज २००७ साल पनि छैन । २०१७ साल पनि छैन । २०५२ सालदेखि २०६२ सालसम्मको बीचको दशवर्षे अवधि पनि छैन । आज नेपालको संविधान २०४७ पनि छैन ।
सबै कुरा देश र राजनेताको इच्छा, चाहना, कामना र कल्पना अनुसार हुँदाहुँदै पनि किन जनता दुब्ला ? किन जनता कमजोर ? किन जनता असहाय ? किन जनता रोगी ? किन जनता शोकी ? किन जनता चिन्तित ? किन जनता उदासिन ?
किन जनता नाङ्गा ? किन जनता भोका ? किन जनता गरिब ? किन जनता अशिक्षित ? किन जनता बेरोजगारी ? किन जनता डर, भर, त्रास र अशान्तिको वातावरणमा ? किन जनता प्राकृतिक र कृत्रिम अभावको चपेटामा ? किन जनता कृत्रिम र प्राकृतिक प्रकोपमा ?
किन जनता निराशामा ? किन जनता महंगीको चपेटामा ? किन जनता अभावग्रस्त अवस्थामा ? किन जनता अभिभावकविहीन अवस्थामा ? यावत प्रश्नहरुका जवाफ कसैसँग छ ? दिन मन लाग्छ ? कस्तो स्थिति हो यो ? कस्तो परिस्थिति हो यो ? जनता हिजोदेखि आजसम्म जहाँको त्यहिँ र जस्ताको त्यस्तै । तर नेताको स्थिति भने मजबुत र सभ्रान्त बन्दै जाने । अहिले देशमा के आएको छ ? थाहा छ ।
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र, समाजवाद । यदिमात्र होइन घर–घरमा रोजगार र टोल–टोलमा सिंहदरबार छिरेको बेला र समय हो यो । टोल–टोलको सिंहदरबार कहाँ छ, थाहा छैन ? यहाँ त्यसको खोल भने अवस्था छ । घर–घरमा रोजगार कता गयो, थाहा छैन ?
घर–घरमा बेरोजगार र श्रमिक जनशक्ति विदेशी भूमिमा पलाउन हुँदैछन् । हामीले ल्याएको राजनीतिक परिवर्तन र स्थापित उपलब्धि, हो कसका लागि ? हामील्े प्राप्त गरेको उपलब्धिले जनतामा मोटाउने कि नेता मोटाउने ? उपलब्धि !

यदि यो देशमा कम्युनिष्ट सरकार छ र यदि यो आजको कम्युनिष्ट सरकार साँच्चिकै समाजवादको स्थापना गरेर देश र जनताको लोकप्रिय बन्न चाहन्छ भने आफ्ना कदम–कदममा सच्चिने र सुध्रिने प्रयास गरोस् । बिलासी जीवन क्षणिक र अल्पकालिन हुनसक्छ । संघर्ष र चुनौतिको जीवन दीर्घकालिन हुन सक्छ । नेपालमा कम्युनिष्ट स्थायी हुनेकि अस्थायी हुने ? यो स्वयम्ले निर्धारण गर्ने कुरा र अभियान हो । बिर्सन, भुल्न, चुक्न सकिएन र सधै देश र जनतालाई काखी च्यापेर अघि बढ्यो भने त्यसको फाइदा पनि स्वयम् कम्युनिष्टलाई नै हुनेछ ।

उपलब्धि !! उपलब्धि !!! आखिर कसका लागि ? जान्ने कसले ? सिक्ने कसले ? सिकाउने कसले ? देख्ने कसले ? देखाउने कसले ? यहाँ २–४ जनाले केही पाए भने सयौंजनाले पाएको विवरण पेश गरिन्छ । यहाँ एकआध क्षेत्रको आंशिक विकास भयो भने आधी देशको विकास भएको अनुभूति गरिन्छ र गराईन्छ ।
वास्तविक धरातलमा टेकेर कोही पनि बोलेको हुँदैन, सुनेको हुँदैन र बुझेको हुँदैन ? आ–आफ्नो परिचय दिन उच्च स्वरमा बोले पुग्छ । आफ्नो हैसियत देखाउन गाडीमोटर चढे पुग्छ । आफ्नो क्षमता र कार्यकुशलता देखाउन जेलनेलका कुरा गरे पुग्छ । यो देशमा राजनीतिक परिर्वतन ग¥यौँ र नयाँ उपलब्धि हासिल ग¥यौँ भन्दै गर्दा पछिल्लो समयको अवस्था कसैले समीक्षा गरेको छ ? जनताका लागि नेताले गरेका सेवा स्वयम् जनताले अनुभूति गर्ने कि नेताले जबरजस्ती अनुभूति गर्न लगाउने ?
देशको परिवर्तन जनता र देशले थाहा पाउने कि अरु कोहि कसैले थाहा पाउने ? देश विकास भयो, जनता सुखी भए, आवाजले महसुस गराउने कि आभाषले महसुस गराउने ? समृद्धि हल्लामा कि गल्लामा ? शान्ति मनमा कि वनमा ? विकास शेषमा कि देशमा ?
बाटो सहरमा कि बगरमा ? सुखी नेपाली कि कपाली ? नेपालको परिवेशमा नेता सुखी, सम्पन्न र सुविधायुक्त हुनुहँुदैन भन्ने हाम्रो मान्यता किमार्थ होइन । किनभने यो देशको मान, पद, प्रतिष्ठा, ईज्जत, सेवा र सुविधाकै लागि जनताले आफ्नो अमूल्य मत खर्चेर देशको उच्च स्थानमा छानेर, मानेर पठाएका हुन् । नेता सुखी, खुसी र सम्पन्न हुनुनै जनताका लागि पनि गर्वको कुरा हो ।
तर जनताको स्तर र हैसियतका आधारमा नेता आफ्नो सेवा सुविधा ग्रहण गरे भने त्यो उत्तम देखिन्छ । जस्तैः एउटा मानिसले शिरदेखि पाउसम्मै म्याच गर्ने कपडा पहिरियो भने त्यसले थप सुन्दर, आकर्षक र प्रभावकारी व्यक्तित्वको पहिचान दिन्छ । यदि त्यो भएन र शिरमा ढाका टोपी, घाटीमा टाई, जीउमा भोटो, कम्मरमा पटुका र तलतिर पाईन्ट र खुट्टामा चप्पल लगायो भने त्यो मानिस सबैको हाँसोको पात्र बन्ला कि नबन्ला ? हो त्यस्तै हो  । यो देशका नेताको हालत पनि ।
किनभने यो देशमा लोकतन्त्र ल्यायौँ भनेका छन्, लोकतन्त्रमा जनता शिरमा हुन्छन् । अर्थात् नेताका शिरमा जनता छन् । जनता लीखा, जुम्रा, मयल, चाँयाले व्याप्त छ यस्तो टाउको नेताले धारण गरेका छन् ।
लोकतन्त्रमा देश छाती हो । नेपालका प्रत्येक नेताका छातीमा देशको तस्विर बलेको छ, लेखेको छ र कोरेको छ । आजको अवस्थामा देश खण्डीकरण छ, छिया–छिया छ, प्वालैप्वाल छ, नाङ्गो छ र उदाङ्गो छ ।
यही र यस्तै नाङ्गै र दाह्रे–कोह्रे परेको छाती नेताले धारण गरेका छन् । लोकतन्त्रमा सदाचार र सुविचार पेट हो । यो पनि भ्रष्टाचार र कुविचार पचाउनै नसकेर ढाडिएको भ्यागुतोजस्तो भएको छ । यस्तो तुष, भुस, घुस र फुसले भरिएको पेट हाम्रो नेताले धारण गरेका छन् । लोकतन्त्रमा पार्टीको सिद्धान्त र आदर्श दुई खुट्टा हुन् । यी दुबै खुट्टा पनि लाग्नै नसक्ने भाग्नै नसक्ने गरी लुला, कुँजा भएर बैशाखी टेक्न पर्ने अवस्थामा छन् ।
यस्ता चल्नै नसक्ने र डग्नै नसक्ने सिद्धान्त र आदर्शका खुट्टा हाम्रा नेताले धारण गरेका छन् । लोकतन्त्रलाई उभ्याउने, ठाडो पार्ने र सिधा पार्ने भनेको पैतला हो र त्यो पैतालारुपी भनेको लोकतान्त्रिक संविधान हो । यो संविधान पनि पूर्ण क्रियाशील छैन र कार्यान्वयनको पाटो कार्यान्वयनको बाटो निकै ढुलमुले नीतिमा जकडिएको छ । यस्ता ढुलमुले पैतला पनि हाम्रै नेताले धारण गरेका छन् । अब सिंङ्गो स्वरुप र शरीरलाई सम्झनुहोस् लीखा, जुम्रा, चायाँ र मयल परेको फोहरी टाउको चिथोरेको छाती र भ्यागुताको पेट, लुला खुट्टा र बटारिने पैतालाको शरीर बनाएर करोडौँको गाडीमा चढ्दा कस्तो देखिएला ?
आफै अनुमान गर्नुहोस् । अझ एउटा कुरा चुकेछ । यहाँ लोकतन्त्रमा जनताको स्वर नै घाँटी, जनताको आवाज नै घाँटी हो । यतिबेला जनताका आवाज शुन्य तुल्य भएकाले नस्वरको अर्थात स्वर विनाको घाँटी पनि नेताले ग्रहण गरेका छन् ।
एउटा अंग अर्को अंगसँग सुहाउने र तालमेल मिल्ने खालको छैन । यो स्थिति र परिस्थितिमा हाम्रा नेता देखिएलान् कस्ता ? होलान् कस्ता ? म्याच गर्ने खालको केही देखिन्छ ? जे कुरा पनि देखाउन र सुहाउनको लागि नै गर्ने हो । यहि सारा हेर्ने देख्नेले अनौठो र अचम्म मान्छन् भने त्यो देखाएको के शार भयो ? हेर्नेलाई हेर्न लायक हुनुप¥यो । देख्नेलाई देख्न लायक हुनुप¥यो र भोग्नेलाई भोग्न लायक हुनुप¥यो ।
देश, जनता र नेताका बीचमा तादम्यता मिल्दैन र म्याच गर्दैन भने त्यो निकै नै अस्वभाविक र अनौठो मानिने छ । त्यसकारण नेताले अङ्गाल्ने हरेक सेवा सुविधा देश र जनताको स्तर बमोजिमको म्याचिङमा आधारित अनिवार्य हुन जरुरी छ ।
देश र जनताका प्रतिनिधिहरुले यो भूमि र यो माटोको अवस्था व्यवस्था नवुझेर विदेशको देखेर, हेरेर त्यसैअनुरुप चल्न खोजे भने त्यसले सबैभन्दा ठूलो क्षति हानी र घाटा स्वयम् नेतालाई नै हुनेछ । यदि यो देशमा कम्युनिष्ट सरकार छ र यदि यो आजको कम्युनिष्ट सरकार साँच्चिकै समाजवादको स्थापना गरेर देश र जनताको लोकप्रिय बन्न चाहन्छ भने आफ्ना कदम–कदममा सच्चिने र सुध्रिने प्रयास गरोस् ।
बिलासी जीवन क्षणिक र अल्पकालिन हुनसक्छ । संघर्ष र चुनौतिको जीवन दीर्घकालिन हुन सक्छ । नेपालमा कम्युनिष्ट स्थायी हुनेकि अस्थायी हुने ? यो स्वयम्ले निर्धारण गर्ने कुरा र अभियान हो । बिर्सन, भुल्न, चुक्न सकिएन र सधै देश र जनतालाई काखी च्यापेर अघि बढ्यो भने त्यसको फाइदा पनि स्वयम् कम्युनिष्टलाई नै हुनेछ । जनताले के गर्ने ? पहिले नै गरिसके । नेताले के गर्ने ? आज र भोलि गर्ने छन् र त्यसको सहि परिणाम र नतिजा पर्सी अवश्य आउने छ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here