- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeराजनीतितहका कर्मचारीको आन्दोलनले कामकाज ठप्प

तहका कर्मचारीको आन्दोलनले कामकाज ठप्प

- Advertisement -spot_img

लमही, ३ पुस । सरकारले समायोजनअन्तर्गत स्थानीय कर्मचारीहरुलाई ख्याल नगरि अपमान जनक रुपमा अध्यादेश ल्याएको भन्दै देशब्यापी रुपमा कर्मचारीहरु आन्दोलित भएका छन् । विरोध कार्यक्रम सार्वजनिक भएसँगै लमही नगरपालिकामा कार्यरत कर्मचारीहरुले पनि सोमबारदेखि सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।
लमही नगरपालिकामा कार्यरत स्थानीय कर्मचारी एसोसियसन इकाई समिति लमहीले सोमबारबाट लमही नगरपालिका कार्यालयको कामकाज ठप्प गरेको हो । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ को विरोधमा देशभरका स्थानीय तहमा कामकाज बन्द गरी धर्ना दिने कार्यक्रमअन्तर्गत कामकाज बन्द गरी धर्नामा बसेको लमही नगरपालिका स्थानीय कर्मचारी एसोसिएसन इकाई समितिका अध्यक्ष रामभजन चौधरीले बताए । पुस १० गतेसम्म सम्पूर्ण कामकाज बन्द हुने चौधरीले बताए । धर्ना अघि नगरपालिकाका स्थानीय कर्मचारी एसोसिएसनका क्षेत्रीय सदस्य रेशमलाल शर्माले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई ज्ञापन पत्र बुझाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here