तरकारी बजारमा जनप्रतिनिधि

फिचर मुख्य खबर समाज

किसानले उत्पादन गरेको तरकारी बिक्रीमा समस्या देखिएपछि कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेन शुक्रबार बिहानै तरकारी बजार पुगेका पुगे ।
ट्रक ब्यवसायीको आन्दोलनका कारण तरकारी बोक्ने ठूलो गाडी कपुरकोट नआएको भन्ने खबर पाए लगत्तै उनी तरकारी बजार पुगेका हुन् । तरकारी ब्यापारीहरुले ट्रक ब्यवसायीहरुले अघोषित रुपमा आन्दोलन गरेर ट्रक सञ्चालन नगर्दा आफूहरुलाई तरकारी ढुवानीमा समस्या परेको बताए ।

अध्यक्ष सेनले कुनै पनि कारणले गर्दा किसानले उत्पादन गरेको हरियो तरकारीमा अवरोध हुन नहुने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरे । उनले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालसँग सल्यानबाट जाने तरकारीका गाडीमा दाङ लगायतका अन्य क्षेत्रमा अवरोध नहोस् भनेर कुरा गरे ।

यस्तै राप्ती अञ्चल ट्रक समितिका उपाध्यक्ष बद्रुदिन राइनसँग पनि यसबारेमा बुझेका छन् । आन्दोलनको कारण देखाउँदै ब्यापारीहरुले तरकारीको उचित मुल्य नदिने अवस्था आउन सक्ने भन्दै अध्यक्ष सेन सचेत बनेका हुन् ।
तरकारी बजार स्थलमा ब्यापारीहरुलाई उनले कुनै पनि बहानामा किसानहरु मारमा पर्न नहुने बताए । उनले किसानहरुलाई राम्रो मुल्यमा उत्पादिन वस्तु बिक्री गर्ने र व्यापारीहरुलाई सहज तरिकाले खरिद गर्न सक्ने वातावरण बनाउन आफू क्रियाशील रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *