- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsतरकारी तथा फलफूल समितिमा नयाँ नेतृत्व

तरकारी तथा फलफूल समितिमा नयाँ नेतृत्व

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १२ फागुन । तुलसीपुरमा रहेको तरकारी तथा फलफूल व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । निर्वाचनको माध्यमबाट मंगलबार नयाँ कार्यसमिति चुनिएको हो । समितिको अध्यक्षमा दामोदर गुप्ता निर्वाचित भएका छन् । २८ मतदाता रहेको समितिमा गुप्ताले १५ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी माधवप्रसाद घिमिरेले १० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सुरेश गुप्ताले जानकारी दिए । सचिवमा सन्तोषकुमार गुप्ता निर्वाचित भएका छन् । सचिवका उम्मेदवार झुपलाल खड्काले मतदान पूर्व आफ्नो समर्थन गुप्तालाई रहेको भने सार्वजनिक गरे पनि सन्तोष सचिवमा निर्वाचित भएका हुन् । समितिको कोषाध्यक्षमा हेमलाल भण्डारी, सदस्यमा डिल्ली बुढा, मीनराज चापागाई, जहिर असिन खान रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here