Saturday, April 13, 2024
Homeफिचरतथ्याङ्क संकलन तालिम सुरु

तथ्याङ्क संकलन तालिम सुरु

- Advertisement -spot_img

मसुुरिया (दाङ), २२ बैशाख ।
राप्ती गाउँपालिकाको वस्तुगत विवरण तथा एकीकृत ग्रामीण विकास योजना तयारीका लागि तथ्याङ्क संकलनसम्बन्धी तालिम शनिबारदेखि सुरु भएको छ । राप्ती गाउँपालिकाको वस्तुुगत विवरण तथा एकीकृत ग्रामीण विकास योजना निर्माण गर्न तथ्याङ्क संकलनका लागि गणकहरुलाई घरदैलोमा पठाउनु पूर्व दुईदिने तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिकाको विकास र प्रबद्र्धनका लागि लागिरहेको अवस्थामा बस्तुुगत विवरण तथा एकीकृत योजना तर्जुुमा कार्यमा सबैखालको सहयोग, गणकहरुलाई आफ्नो घर गाउँ टोलको सही जानकारी एवं सूचना प्रदान गरिदिन राप्ती गाउँपालिकाबासी आमनागरिकलाई आग्रह गरे । अध्यक्ष सुवेदीले तथ्याङ्क संकलन गर्न जाने सबै गणकलाई इमान्दारीतापूर्वक सही सूचना संकलन गर्न समेत आग्रह गरे ।
राप्ती गाउँपालिका दाङ र नामसालिङ सामुदायिक विकास संस्था ईलामको संयुक्त आयोजनामा गरिएको तालिममा बोल्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले गणकहरु सही सूचनाको संवाहक भएकाले राप्ती गाउँपालिकको सही विवरण ल्याउनमा सहयोग गर्न सम्पूर्ण तालिममा सहभागी गणकहरुलाई आग्रह गरिन् ।

गाउँपालिकाको वस्तुगत विवरण तथा एकीकृत योजना तर्जुुमासम्बन्धी कार्यको सुुरुवात गर्दा प्रथम चरणमा गाउँपालिका स्तरीय बैठक सम्पन्न गरिएको र तथ्याङ्कको सूचक तथा तालिमको पहिचान र प्रश्नावली तयारी, मोवाइल एप्लिकेशन निर्माण तथा डाटावेस डिजाइन, सूचना संकलन तथा प्रोफाइल तयारी गरिने हुँदा दुईदिने तथ्याङ्क संकलनका लागि गणकहरुलाई तालिमको आयोजना गरिएको प्रमुुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।


राप्ती गाउँपालिकाको आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास तथा सेवाप्रवाह, वित्तीय ब्यवस्थापन र सुुशासन, भौगोलिक तथा साँस्कृतिक अवस्था, घरधुरीको अवस्था, जनसाँङ्खिक अवस्था लगायत गाउँपालिकाको समग्र अवस्थालाई चित्रण गर्ने गरी छिट्टै निर्माण गर्न थालिएको वस्तुुगत विवरण निर्माण तथा एकीकृत योजना तर्जुमा गर्न सहज हुने उद्देश्यले वडागत रुपमा गणक छनौट गरी ३६ जना युवायुवतीलाई तालिम दिन थालिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।
गाउँपालिकाको वस्तुगत विवरण तथा एकीकृत योजना तर्जुुमासम्बन्धी कार्यको सुुरुवात गर्दा प्रथम चरणमा गाउँपालिका स्तरीय बैठक सम्पन्न गरिएको र तथ्याङ्कको सूुचक तथा तालिमको पहिचान र प्रश्नावली तयारी, मोवाइल एप्लिकेशन निर्माण तथा डाटावेस डिजाइन, सूचना संकलन तथा प्रोफाइल तयारी गरिने हुँदा दुईदिने तथ्याङ्क संकलनका लागि गणकहरुलाई तालिमको आयोजना गरिएको प्रमुुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here