Monday, April 22, 2024
Homeविचारड्रोन के हो, यसको प्रयोग कहाँ गर्ने

ड्रोन के हो, यसको प्रयोग कहाँ गर्ने

- Advertisement -spot_img

नारायण भट्टराई

आजको विश्व विज्ञान प्रविधि र टेक्नोलोजीको हिसाबले अत्यन्त अग्रपंक्तिमा छ । विज्ञान प्रविधिको र टेक्नोलोजीको यति धेरै विकास भएको छ, कि जसका कारण विश्व नै एउटा सानो घरपरिवारमा परिणत भएको छ । एउटा देशको एउटा कुनामा उत्पादित वस्तु तथा सेवा विश्वको कुनाको अर्को देशसम्म सहजै पु¥याउन प्रचार–प्रसार निकै सहज भएको छ । प्रविधि तथा टेक्नोलोजीको विकासले मानिसहरुको आधाभूत आवश्यकतादेखि अन्य विलासिताका आवश्यकताहरु पनि सहज तरिकाले पूरा गर्न सक्षम भएका छन् । विज्ञान प्रविधि विकासमा ड्रोन प्रविधि पनि एक नवीनतम् प्रविधि हो । आज केही ड्रोनको बारेमा चर्चा गर्न खोजिएको छ ।
वास्तवमा ‘ड्रोन’ शब्दको अर्थ एक किसिमको आवाज हो । मौरीले निकाल्ने आवाजलाई ड्रोन भनिन्छ । भाले ड्रोन आवाज निकाल्ने भएकोले नै उक्त मौरीलाई ड्रोन भनिएको हो । मौरीको जस्तै उड्ने क्षमता भएको, एकहोरो स्वाभव भएको, आफै सोचेर काम गर्ने नसक्ने, आवाज निकाल्न सक्ने कारणले गर्दा यी उपकरणहरुलाई ड्रोन भनिएको होला । सन् १९४६ मा पहिलो पटक भित्र्याएको ‘ड्रोन’ शब्द अहिले भने सबै त्यस्ता उपकरणलाई भन्ने गरी गरिएको छ । ड्रोनमा मानिस स्वयम् बसेर उडाई रहनुपर्दैन् । प्रायः ड्रोन भन्दैमा ड्रोन क्यामरालाई बुझिन्छ तर यो कुरा सत्य होइन । ड्रोन भन्नाले उड्ने उपकरणलाई बुझिन्छ, ड्रोनलाई उडाउन सकिन्छ भने यसमा सेन्सर जोडेर विभिन्न काममा प्रयोग गर्ने पनि सकिन्छ । त्यसकारण ड्रोन भन्नाले उडाउन सकिने उपकरणहरुलाई बुझ्नुपर्दछ । जसमा क्यामरा पनि हुनसक्छ, नहुन पनि सक्दछ । ड्रोन धेरै प्रकारका हुन्छन् । जस्तैः फिक्स्ड विङ्, रोटरी विङ् र हाल धेरै चर्चा आएको हाइब्रिड ड्रोन हुन् ।

नेपालमा ड्रोन काहाँ र कसरी प्रयोग गर्ने त ?

नेपालमा भौगोलिक क्षेत्रफलमा निकै सानो भएपनि विभिन्न प्राकृतिक सम्पदाको हिसाबले, जल, जलवायु , जलसम्पदा, भौगोलिक विविधता कारणले नेपाल विश्वमै एक फरक पहिचान भएको देश हो । समुन्द्री सतहदेखि करिब ७० मिटरदेखि ८८४८ मिटरको संसारको सबैभन्दा अग्लो उचाइसम्म फैलिएको यो देशलाई विश्वकै स्वर्ग पनि भनिन्छ । यसप्रकारको हाम्रो देश नेपालमा ड्रोनको किन आवश्यकता छ त चर्चा गरौँ ।
१) ड्रोन फोटोग्राफी, भिडियोग्राफीबाट यहाँका सुन्दर तथा मनोरम स्थानको चर्चा विश्वसामु पु¥याउन सकिन्छ र भर्चुवल टुरिजममा पनि यसलाई प्रयोग गर्ने सकिन्छ ।
२) औषधि, रगतजस्ता अत्यावश्यक स्वास्थ्यका आधारभूत आवश्यकताहरुलाई नेपालका विभिन्न दुर्गम ठाउँहरुसम्म, जनताको सहजता पहुँचसम्म पु¥याउन ड्रोनको यस्ता अत्यावश्यक कुरालाई सजिलै पु¥याउन सक्दछ ।
३) प्राकृतिक प्रकोपको हिसाबले निकै जोखिममा रहेको नेपालमा कुना समयमा, कुन विपत्ति आउन सक्दछ पत्तो हुँदैन । यस्तो घट्ना घटेको ठाउँहरुमा खानेपानी, औषधि, सुरक्षा पाउन कठिन हुन्छ र पीडित मानिसको खोजी गर्ने पनि गाह्रो पर्दछ । ड्रोनले ति आवश्यक वस्तुको वितरण गर्ने र मानिसहरुको अवस्थाको बारेमा जानकारी दिन्छ ।
४) कृषि प्रधान देशको रुपमा चिनिने नेपालमा ड्रोनको प्रयोगले सहज र सरल तरिकाले उत्पादन बढाउन सकिन्छ । ड्रोन तथा सेन्सरको प्रयोगले ठूलो क्षेत्रफलमा कम समयमै निरीक्षण गर्ने, बिउ रोप्न , रोग लागेको पहिचान गर्ने, औषधिको प्रयोग गर्ने आदि कार्यमा सहजता ल्याउन सकिन्छ ।
५) ड्रोनलाई सूचना र सञ्चारको साधनको रुपमा पनि प्रयोग गर्ने सकिन्छ । संवेदनशील तर अत्यआवश्क चिठीपत्रहरु जनताले टाढा हिडेर लिनुपर्ने महत्वपूर्ण कागजातपत्रहरु हरेक ठाउँसम्म ड्रोनको माध्यमबाट सहजै पु¥याउन सकिन्छ । फलस्वरुप सहज र सुलभ तरिकाले सूचनाको आदान–प्रदान गर्ने सकिन्छ ।
६) अहिले देश संघीयतामा गै सकेको परिप्रेक्ष्यमा स्थानीय सरकारले ड्रोनको माध्यमबाट आफ्नो क्षेत्रको काम कारवाही अवलोकन गर्ने कर्मचारीलगायत अन्य पदाअधिकारी आदिको काम अवलोकन गर्ने, विकास निर्माणका कामहरुको प्रगति विवरण अध्ययन गर्ने आदि कामलाई सहज र सरल गर्न सकिन्छ ।
७) ड्रोनको माध्यमबाट गस्तीमा, दुर्घटना भएको स्थानमा ट्राफिक निरीक्षण, अनुगमन, वनजंगलको निरीक्षण, चोरी तस्कर नियन्त्रण गर्न पनि सकिन्छ ।
यसरी ड्रोनलाई प्रयोगले आमूल परिर्वतन नै ल्याउन सम्भव छ । ड्रोनका विषयमा अध्ययन अनुसन्धान गरी संसारमा प्रयोग गरिएका सबै ड्रोनका सही उपयोगहरुलाई सबै सामु प्रस्तुत गर्ने तथा सरकारलाई यस विषयमा सहज तथा जिम्मेवार हुन पहल गर्नेमा अगाडि बढ्नै पर्ने समय आएको छ ।
भट्टराई विज्ञान शिक्षक समाज तुलसीपुरका अध्यक्षका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here