- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरड्राइभरको लापरबाहीले दुर्घटना, एकको मृत्यु

ड्राइभरको लापरबाहीले दुर्घटना, एकको मृत्यु

- Advertisement -spot_img

लमही, २५ जेठ ।
जनकपुरदेखि नेपालगंज जाँदै गरेको ना ५ ख १८२९ न को यात्रु बाहक बस दाङको भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा भारत लक्खिमपुरकी पाँच बर्षिय नुरबी नाईको ज्यान गएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन । बसमा ३३ जना रहेको सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बिहान् करिब साढे ६ बजेतिर भएको दुर्घटना तीब्रगतिका कारण भएको घाइतेहरुले बताएका छन ।

खचाखच यात्रुले भरिएको उक्त बस सडकबाट खोलामा खसेको थियो । ११ जना गम्भीर घाइते, १२ जना मध्यम र सामान्य घाइते ८ जना भएका छन । घाइतेमध्ये २६ जनालाई कोहलपुर र ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना भएको बसमा प्रायः मजदुरी गरेर घर फर्किन लागेका भारतीय नागरिक भएको प्रहरीले बताएको छ ।

उक्त दुर्घटनामा बस चलाकको अवस्था अज्ञात रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंहले जानकारी दिएका छन् । घाइतेहरुको संख्या अत्याधिक भएका आरन अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुँदा उपचारमा समस्या आउने गरेको लमही अस्पतालका स्वास्थ्यकर्मीले बताए । लमही अस्पतालको इमर्जेन्सी मा ५ ओटा मात्र बेड छन । बिरामीको चाप बढ्यो भने बाहिर भुईमै सुताएर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पताल श्रोतले बतायो ।


- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here