डेरी उद्योगको सार्वजनिक सुनुवाई

मुख्य खबर

तुलसीपुर, १२ असार । दाङको तुलसीपुरमा सञ्चालनमा आउन लागेको तुलसी डेरी उद्योगले सार्वजनिक सुनुवाई गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याउन लागेको तुलसी डेरी उद्योगको बुधबार सार्वजनिक सुनुवाई गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा तुलसीपुर उमहानगरपालिका सहकारी विभागका प्रमुख टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष भण्डारीले प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १३ लाख अनुदान र संस्थाको १६ लाख ५० हजार अनुदानमा तुलसी डेरी उद्योग सञ्चालनमा आउन लागेको जानकारी दिए ।
उनले तुलसीपुरमा सञ्चालनमा आउन लागेको तुलसी डेरी उद्योग दूग्ध प्रशोधन केन्द्र मात्र नभई दूग्धजन्य वस्तुको उत्पादन समेत हुने बताए । किसानले दूधको सही मूल्य पाउन नसकिरहेको अवस्था र उपभोक्ताले पनि गुणस्तरीय सामान पाउन नसकिरहेको अवस्थामा तुलसी डेरी उद्योगले किसानको उत्पादनको सहि मूल्य दिने र उपभोक्ताले पनि गुणस्तरीय वस्तु पाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथि सहकारी विभाग प्रमुख केसीले तुलसी डेरी उद्योगले किसानको व्यावसायिक प्रवद्र्धन गर्ने बताए । किसानले अब दूधको सही मूल्य पाउने र उपभोक्ताले पनि गुणस्तरीय वस्तु प्राप्त गर्ने छन्, कृषिको व्यवसायीकतामा सहकारीले महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।
हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रिन्सिपल डिआर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहकारीका व्यवस्थापक जनक भण्डारीले गरेका थिए । तुलसी डेरी उद्योगले केही दिनमै उत्पादन शुरु गर्ने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *