Sunday, April 14, 2024
Homeफिचरडेंगु र मलेरियाको निःशुल्क रक्त परिक्षण

डेंगु र मलेरियाको निःशुल्क रक्त परिक्षण

- Advertisement -spot_img

घोराही, ७ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा डेंगु र मलेरिया जाँचका लागि निःशुल्क रगत परिक्षण सुरु भएको छ । नयाँ बजार सहरी स्वास्थ्य केन्द्रको आयोजना र वडा नम्बर १४ को आर्थिक सहयोगमा नयाँ बजार तीनकुने चोकमा सोमबारदेखि रक्त परिक्षण सुरु भएको हो ।
असोज १० गतेसम्म निःशुल्क रक्त परिक्षण गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य दामाकुमारी शर्माले कुनै पनि रोगबाट बच्नका लागि आफ्नो शरीरको माया सबैले गर्नुपर्ने बताइन् ।
जनचेतनासँगै नियमित स्वास्थ्य जाँचलाई ध्यान दिन आग्रह गर्दै उनले लामखुट्टेको टोकाईबाट बच्नु नै रोगको संक्रमणबाट जोगिनु उत्तम उपाय भएको उल्लेख गरिन् । टोल विकास संस्थाहरुलाई सचेतना, सरसफाईमा जागरुक हुन पनि अपिल गरे ।
कार्यक्रममा घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले पूर्ण सरसफाईलाई कार्यान्वयन गरे धेरै रोगहरु नियन्त्रणमा आउने बताए । लामखुट्टेको टोकाईबाट विभिन्नखाले रोगहरु लाग्ने भएकाले त्यसबाट बच्न पूर्ण सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा डा. प्रभात रिजालले लामखुट्टेको टोकाईबाट बच्ने र सरसफाईमा ध्यान दिनु नै विभिन्न संक्रमणबाट बच्ने उपाय भएको उल्लेख गरे । वडा अध्यक्ष शक्तिराम डाँगीले सरसफाईमा ध्यान दिदै आनीबानीमा परिवर्तनसँगै पूर्ण सरसफाईलाई कार्यान्वयन गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा वडा सदस्य गुलाम रसुल, जनस्वास्थ्य कार्यालयका डम्बर कुँवर, जनस्वास्थ्य निरीक्षक मदन वली लगायतले सचेत रहन आग्रह गरे ।

लामखुट्टेको बासस्थान नष्ट गर्न बिषादी

यसैबीच घोराही उपमहानगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्ने कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय डेंगु, मलेरियालगायतका संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको बासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम सुरु गरेको हो ।
उपमहानगरको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि मार’ भन्ने अभियानअन्तर्गत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो ।
आइतबारदेखि उपमहानगरले लामखुट्टेको बासस्थान खोज्दै बिषादी छर्कने काम सुरु गरेको छ । पाँचजना व्यक्तिहरुले औषधी छर्कन सुरु गरेका हुन् ।
उपमहानगरको कार्यालयबाटै लामखुट्टे मार्ने अभियान सुरु गरिएको र नगरबासीहरुले माग गरेको ठाउँमा विषादी छर्कने स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । घरभित्र र बाहिर विषादी छर्कने गरी योजना बनेको उनको भनाइ छ ।
करिब पाँच लाख रुपैयाँको विषादी उपमहानगरले ल्याएको छ । सचेतना अभियानसँगै विषादी छर्कने कार्यलाई पनि अगाडी बढाउने उपमहानगरले जनाएको छ ।
उपमहानगरभित्र २५ जना बढीमा डेंगुको संक्रमण देखिएको छ । जिल्लाभरी अहिलेसम्म एक सय ४ जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here