Saturday, April 20, 2024
Homeफिचरडेंगुका १५ बिरामी

डेंगुका १५ बिरामी

- Advertisement -spot_img

दाङ, २४ भदौ । दाङमा डेंगुका १५ बिरामी भेटिएका छन् । बिरामी बढ्दै गएसँगै रोगको जोखिम पनि दाङमा बढ्दै गएको छ । जोखिम बढिहेका बेला यसका बिरामी पनि बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुको प्रकोप सुरु भएपछि दाङमात्रै १५ जना यसका बिरामी भेटिएका हुन् । सबैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
बजारका जथाभावी फोहर, झार जंगल भएका कारण लामखुट्टेका संख्या बढ्दै गएको र त्यसले डेंगु रोग पनि बढ्दै गएको देखिएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार १५ जना बिरामीमध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा भेटिएका छन् ।
स्वास्थ्य कार्यालयका फोकलपर्सन कमल चन्दका अनुसार तुलसीपुर उपमहानगरपालिकामा ६ जना, बबई गाउँपालिकामा २ जना, घोराही उपमहानगरपालिकामा ७ जना डेंगुका बिरामी भेटिएका छन् ।
यो वर्ष दाङमा डेंगु रोगको भयावह अवस्था नभएपनि सचेत र सुरक्षित रहनुपर्ने चन्दको भनाई छ । ‘दाङमा डेंगु रोगको बारेमा आत्तिहाल्नुपर्ने अवस्था छैन’ उनले भने ‘सुरक्षित उपायहरु अपनाएमा डेंगु रोगबाट बच्न सकिन्छ ।’
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले लामखुट्टेको टोकाईबाट बच्नुपर्ने चन्दको भनाइ छ । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंंगु भएकालाई टोकेर अन्य व्यक्तिलाई टोकेमा यो रोग सर्ने हुँदा सबै सचेत हुनुपर्ने बताए । स्त्री जातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
‘यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाई टोक्ने गर्दछ’ उनले भने ‘यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।’
चार प्रकारका डेंगु भाइरस हुने हँुदा त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेंगु ज्वरो लाग्ने उनले बताए । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्ने हुँदा जोखिम बढ्ने उनले बताए ।
यो रोग देखिएपछि नआत्तिन उनले सुझाव दिन्छन् । ‘अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुन्छन्’ उनले भने ‘तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने खतरा पनि हुन्छ ।’

बजारका जथाभावी फोहर, झार जंगल भएका कारण लामखुट्टेका संख्या बढ्दै गएको र त्यसले डेंगु रोग पनि बढ्दै गएको देखिएको छ ।

यो रोगको तीनवटा चरणहरु क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगुशक सिन्ड्रोममा देखिने । ‘क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफै निको हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगुसक सिन्ड्रोम भएको छ’ उनले भने, एकपटक डेंगु भईसकेको व्यक्तिमा धेरै जोखिम हुन्छ ।
यसैबीच घोराही उपमहानगरले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । घोराही उपमहानगरले डेंगु रोग नियन्त्रणका लागि विषेश अभियान सञ्चालन गरेको छ ।
उपमहानगरको स्वास्थ्य शाखाले सोमबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षा निकायहरुसँग छलफल गरी ‘लामखुट्टेलाई खोज अनि मार’ अभियान सञ्चालन गर्ने भएको छ ।
आजदेखि नै अभियान सञ्चालन गर्ने कार्ययोजना बनेको उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । पानी जम्ने खाडल तथा भाँडोहरुमा बस्ने एडिस नामक लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएका कारण ‘खोज अनि मार’ भन्ने अभियानसँगै सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।
प्रत्येक वडाहरुमा सचेतना अभियानसँगै लामखुट्टे, त्यसको अण्डा र लार्भालाई नष्ट गरिने भएको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले घोराहीमा अहिलेसम्म ७ जनामा डेंगुको संक्रमण देखिएको बताए । त्यस्तै तुलसीपुरमा ६ र बबई गाउँपालिकामा २ जना गरी दाङमा पछिल्लो समय १५ जनामा डेंगुको संक्रमण देखिएको छ ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले डेंगु नियन्त्रणका लागि साझा प्रयास आवश्यक पर्ने बताए । सचेतना अभियानसँगै नष्ट गर्ने काममा सबै लाग्न आग्रह गरे ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले डेंगु रोग नियन्त्रणका लागि सचेतना र लामखुट्टेको टोकाईबाट बच्न सबैलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका ठाकुर खनालले गरेका थिए ।

डेंगुका लक्षणहरु

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने हुन्छ । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलश्यता हुने जस्ता लक्षणहरु देखापर्छन् ।
शरीरमा रातो दानाहरु आउँछ, श्वासप्रश्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको संख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
तीनदिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्त नलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।
डेंगुले निम्त्याउने जोखिम
– फोक्सोमा पानी जम्ने,
– पेटमा पानी जम्ने
– रक्तश्राव हुने
– मृगौला ड्यामेज हुने

बच्ने उपाय

– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
– घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
– लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नुपर्छ ।
– झ्याल ढोकामा जाली राख्ने
– शरीर पूरै ढाक्ने कपडा लगाउने
– सरसफाइमा ध्यान दिने

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here