लमही, १७ असोज । दाङमा खोलामा डुबेर दुईजना युवतीको मृत्यु भएको छ । खोलामा डुबेर लमही नगरपालिका–९ बांगेतालका कुमार घर्ती मगरका १४ वर्षिया छोरी टिका र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षिय निरु बोहराको मृत्यु भएको हो ।
टिका र निरु दुबैजनाको लमही नगरपालिका–९ को सिमलसोता खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोद विक्रम शाहले जानकारी दिए । दुबैजना बिहीबार साढे ५ बजेतिर खोलामा पौडी खेल्न गएका थिए । पानीमा डुबेका दुबै जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लमही अस्पतालमा पु¥याएको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।