डिसहोमको सव–डिलरलाई सम्मान

फिचर मुख्य खबर समाज

तुलसीपुर, १५ भदौ । डिसहोमले निकट भविष्यमा नै इन्टर नेट सेवा दिने भएको छ । दाङको तुलसीपुरमा भएको डिस होमको आधिकारिक बिक्रेता नविन सप्लायर्स अन्तर्गत रहेका सवडिलर टे«निङ तथा सम्मान कार्यक्रममा सहभागीलाई डिस होमले यस्तो जानकारी गराएको हो ।
डिसहोमका सेल्स म्यानेजर मनोज शर्माले डिसहोमका ग्राहकहरुलाई सेवामा सन्तुष्टि दिने गरी सेवा दिनुपर्ने बताए । डिसहोमको सेवा ग्राहकहरुसम्म चुस्तदुरुस्त रुपमा सञ्चालन भएको भन्दै निकट भविष्यमा नै डिसहोमका ग्राहकलाई इन्टरनेट सेवा दिने तयारी भएको बताए ।
कार्यक्रममा डिसहोमको बिक्री वितरण तथा ग्राहकको योगदानको बारेमा, बजार, बिक्री प्रवद्र्धन र आगामी योजनाको बारेमा जानकारी गराइएको थियो । एरिया सेल्सम्यान प्रदीप सुवेदीले बिक्रेता र डिलर सवडिलरको उच्च सम्मान र मूल्याङ्कन गर्दै कार्यक्रमको आयोजना गरी सवडिलरलाई सम्मान गरिएको बताए ।
उनले अब टिभि मात्रै नभएर उच्चस्तरको इन्टरनेट सेवा पनि डिसहोमले सञ्चालन गर्न लागेको बताए । नविन सप्लार्यसका सञ्चालक नविन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी र सेल्स अफिसर संगीत विष्टले आगामी रणनीतिको बारेमा सवडिलरहरुलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *