डिभाईनलाई ईन्टरस्कुल क्रिकेट उपाधि

खेलकुद फिचर मुख्य खबर

तुलसीपृुर, ६ असार ।
डिभाईन इन्टरस्कुल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिभाईन टेम्पल एकाडेमीले जितेको छ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा अमर बोर्डिङ स्कुललाई ९ रनले पराजित गर्दै डिभाईनले उपाधी जितेको हो ।
डिभाईनले उपाधीसँगै नगद २० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता अमर बोर्डिङ स्कुलले नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ रोजेको डिभाईनले २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय १३ रन बनाएको थियो । जसमा दिपक परियार र शरद परियारले क्रमशः १९ र १६ रनको योगदान दिएका थिए । त्यस्तै बलिङतर्फ अमरका धन बहादुर केसी र सागर शेर्पाइलीले क्रमशः ३ र २ विकेट लिएका थिए । प्रतिउत्तरमा १ सय १४ रनको बिजयी लक्ष्य पाएको अमरले १९ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ४ रन मात्र बनाएको थियो ।
त्यस्तै बलिङतर्फ डिभाईनका केशव वलीले सर्वाधिक ४ विकेट लिए भने तुलसीराम भण्डारीले २ विकेट लिए । खेलमा म्यान अफ द फाइनल डिभाईनका केशव वली घोषित भए । यसैबीच प्रतियोगिताको समापन समारोह डिभाईन टेम्पल एकाडेमीका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा माननीय सांसद् हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त अवसरमा वेस्ट ब्याट्स म्यान डिभाईन टेम्पलका प्रकाश भण्डारी, वेस्ट बलर र राईजिङ प्लेयर अमर बोर्डिङ कालाखोलाका धनबहादुर केसी, म्यान अफ द सिरिज डिभाईनका प्रकाश भण्डारी घोषित भए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रिन्सिपल हिमाल कडेलले गरेका थिए । विद्यालयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र विद्यालयस्तरका प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा क्षेत्र नम्बर ३ अन्तर्गतका १७ निजी विद्यालयको सहभागिता रहेको थियो ।


सक्सेस कप ईन्टरस्कुल फुटबल हुने

दाङको तुलसीपुरमा सक्सेस कप इन्टरस्कुल फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । सक्सेस फुटबल एकाडेमी तुलसीपुरको आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा जिल्लामा स्थापित २७ विद्यालयको सहभागिता रहेको छ । विद्यालयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र विद्यालयस्तरका प्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता एकसाता चल्ने छ । प्रतियोगिताको बिजेताले नगद २० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै उपविजेताले नगद १२ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवका अध्यक्ष सुरज वलीले जानकारी दिए । खेल नकाउट प्रणालीका आधारमा खेलाइने छ । प्रतियोगिताको उद्घाटन अपरान्ह ३ बजेपछि हुनेछ । यसैबीच आयोजकले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका खेलप्रेमी, खेलाडी, उद्योगी, समाजसेवी, बुद्धिजीवि, पत्रकारलगायत आम सर्वसाधारणमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *