डिभाईनमा तेक्वान्दो प्रतियोगिता

खेलकुद फिचर समाज

तुलसीपुर, २७ माघ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुर–६ गोलौरामा जारी साताब्यापी खेलकुद सप्ताह (स्पोर्टस् मिट) २०७५ अन्तर्गत शनिवार विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता भएको छ । विद्यालय स्थापना कालदेखि स्पोर्टस्लाई प्राथमिकता दिएको डिभाईनले साताब्यापी आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको हो । चारवटा तौल समूहमा भएको प्रतियोगिताअन्तर्गत २८ केजी मुनिमा प्रतिक लामिछाने प्रथम, एनान विक दोस्रो, निलेश लामिछाने र विशाल विक तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै ३० केजी तौल समूहमा वसन्त परियार प्रथम, अनिल विक दोस्रो, नवीन सुनार र जीवन विक तृतीय भए । त्यसैगरी ३४ केजी तौल समूहमा आशिष चौधरी प्रथम, साकार महतरा दोस्रो, कस्मिर नेपाली र कृश नेपालीले तृतीय स्थान हात पारे ।
यस्तै ४० केजी तौल समूहमा राजिव वली प्रथम, रोशन रसाइली दोस्रो, पवन बस्नेत र जीवन परियार तृतीय भए । प्रतियोगितामा उत्कृष्ट खेलाडी आशिष चौधरी घोषित भए । खेलको जुरि कमिटीमा मुख्य रेफ्रीमा सुवासचन्द्र केसी, रेफ्रीमा रेशम चौधरी, सुरज केसी र मनिषा विक रहेको प्रतियोगिता संयोजक खेल प्रशिक्षक राकेश परियारले जानकारी दिए । क्रिकेट, तेक्वान्दो, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न खेल विधामा प्रतियोगिता सञ्चालन गरिरहेको विद्यालयले आइतबार क्रिकेट, एथलेटिक्स र फुटसल विधामा प्रतिस्पर्धा हुने खेल शिक्षक सुदिप नेपालीले जानकारी दिए । यसैबीच प्रतियोगिताको उद्घाटन समारोह विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्य एवं खेलकुद पत्रकार मञ्च दाङा अध्यक्ष लक्ष्मण बस्नेत, तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको विशिस्ट आतिथ्यतामा भएको थियो । विद्यालयका खेल शिक्षक आकाश सिंहको स्वागत रहेको कार्यक्रमको सञ्चालन राकेश परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *