- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरडिएपी मलको अभाव

डिएपी मलको अभाव

- Advertisement -spot_img

तुलसीपुर, २७ जेठ ।
किसानहरुको लागि आवश्यक डिएपी मलको दाङमा अभाव देखिएको छ । बर्षे खेतीको सुरुवाती चरणमा आवश्यक पर्ने डिएपी मलको अभाव हुँदा किसानहरु चिन्तित भएका छन् । सरकारले अनुदानमा प्रदान गर्दै आएको मल अहिले जिल्लामा अभावमा देखिएको र कृषि सामग्री केन्द्रले जनाएको छ ।
कृषि सामाग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जिल्लामा डिएपी रासायनिक मलको अभाव रहेको बताए । ‘हामीसँग डिएपी मल छैन’ उनले भने, ‘भएकोलाई पनि बोरामा विभाजन गरेर धोरै मात्र किसानहरुलाई दिएका छौँ ।’ जिल्लामा ४ हजार मेट्रिक टन डिएपी मलको आवश्यकता रहेको छ, उनले भने, तर अहिलेसम्म १५ सय मेट्रिक टन मात्रै किसानसम्म पुगेको छ ।

बर्षे खेतीको सुरुवाती चरणमा आवश्यक पर्ने डिएपी मलको अभाव हुँदा किसानहरु चिन्तित भएका छन् । सरकारले अनुदानमा प्रदान गर्दै आएको मल अहिले जिल्लामा अभावमा देखिएको र कृषि सामग्री केन्द्रले जनाएको छ । कृषि सामाग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जिल्लामा डिएपी रासायनिक मलको अभाव रहेको बताए । ‘हामीसँग डिएपी मल छैन’ उनले भने, ‘भएकोलाई पनि बोरामा विभाजन गरेर धोरै मात्र किसानहरुलाई दिएका छौँ ।’ जिल्लामा ४ हजार मेट्रिक टन डिएपी मलको आवश्यकता रहेको छ, उनले भने, तर अहिलेसम्म १५ सय मेट्रिक टन मात्रै किसानसम्म पुगेको छ ।


न्यौपानेले किसानहरु दैनिक ठूलो संख्यामा डिएपी मलको खोजीमा आएपनि दिन नसकेर रित्तै हात फर्काउनु परेको सुनाए । उनले केन्द्रबाट नै डिएपी मलको आवश्यकता अनुसार उपलब्ध गराउन नसक्दा र मलको जिम्मा लिएको अर्काे निकाय साल्ट ट्रेडिङले पनि जिम्मेवारीपूर्वक काम नगर्दा अभाव खड्किएको बताए । न्यौपानेले सामग्री केन्द्रले ७० प्रतिसत र टे«डिङले ३० प्रतिसत मल दाङमा आपूर्ति गर्दै आएको छ ।
न्यौपानेले विगतका वर्षहरुमा भन्दा यस वर्ष अहिलेसम्म रासायनिक मलको बिक्री भने बढेको बताएका छन् । बिक्रीमा घटबढ भइरहने गरेको भन्दै यो वर्षको अहिलेसम्म विगतको भन्दा बढी मल बिक्री भएको बताए । जिल्लामा डिएपी र युरिया ४ हजार मेट्रिक टन र पोटास एक सय मेट्रिक टन मल बर्षेनी खपत भइरहेको छ ।

धान र मकै रोप्ने सिजन सुरु हुँदा पनि अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानहरुले महङ्गोमा ब्यवसायीहरुबाट आवश्यक मल खरिद गर्नुपरेको बताएका छन् । किसानहरुका लागि खेतीको सुरुवाती चरणमा आवश्यक पर्ने डिएपी मलको चरम अभाव देखिएको छ । किसानहरुले आवश्यक डिएपी मल नपाउँदा धानको ब्याड राख्ने, रोप्ने, मकै रोप्न समस्या भइरहेको बताएका छन् ।
अहिले आवश्यक पर्ने डिएपी मल पाएका छैनौँ तुलसीपुर–११ उरहरीका किसान केदार आचार्यले भने, आवश्यक हुँदा मल हुँदैन मल आउँदा आवश्कयता पूरा भइसकेको हुन्छ । उनले गाउँमा सहकारी सञ्चालन गरेको र त्यो सहकारीले कृषि सामग्रीबाट मल लिएर वितरण गरिरहेको भएपनि यो वर्ष डिएपी मल माग अनुसार दिन नसकेको बताए । उनले किसानलाई डिएपी मल आवश्यक पर्ने समय यही भएको भन्दै अहिले अभाव हुँदा किसानलाई समस्या भएको जानकारी गराए । उनले आफू दैनिकजसो कृषि सामग्री केन्द्रमा धाइ रहेको भएपनि आवश्यक डिएपी मल नपाएको गुनासो गरे ।

मानपुरका किसान शिवानन्द डिसीले किसानलाई अनुदानको डिएपी मल पाउनै गाह्रो भएको बताए । आवश्यक समयमा माग अनुसारको किसानहरुले मल पाएका छैनौँ, उनले भने यसतर्फ राज्यले ध्यान दिनुपर्छ । किसानले खेती गर्ने समयमा मल, बीउ पाएन भने उसले कसरी कृषिलाई महङ्खव दिनसक्छ, डिसीले भने, अनुदानको मल नपाउँदा किसानहरु बजारबाट महङ्गो मुल्य तिरेर डिएपी मल किनेर प्रयोग गर्ने अवस्था आएको छ । गाउँमा जिम्मा लिएको सहकारीमा समेत किसानहरु दैनिकजसो मलका लागि धाउनुपरेको बताए । डिएपी लिन आयो युरिया छ लिएर जानोस् भन्छन, उनले भने, यो समय डिएपीकै हो युरियाको काम नै छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here