डिएपीको सट्टामा एसएसपी मल

फिचर मुख्य खबर समाज

दाङ, ३ असार ।
दाङमा रासायनिक मलको आफुर्तीलाई सहज बनाउन साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड दाङ शाखाले कृषि मन्त्रालयको सिफासिरमा नयाँ रासायनिक मलको ब्यवस्था गरेको छ ।
जिल्लामा डिएपी रासायनिक मलको अभाव देखिएपछि त्यसको परिपूर्ति गर्न साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले गैर अनुदानित एसएसपी (सिङगल सुपर फ्रोस्पेट) मल किसानलाई उपलब्ध गराउन थालेको कार्यालय प्रमुख आनन्द कुमार न्यौपाने बताए । उनले युरियाको सट्टामा एएस (एमुनियम सल्फेस) नामको रासायनिक मल उपलब्ध गराउँदै आएको बताए । उनले साल्ट टे«डिङले दाङमा ३० प्रतिसत किसानहरुलाई अनुदानमा मल दिदै आएको बताए । किसानले मागे जति अहिले डिएपी दिनसक्ने अवस्था छैन, उनले भने, सबैलाई मिलाएर दिइरहेका छौँ । अहिले कार्यालयमा २ सय ५० टन डिएपी मल मात्रै मौजाद रहेको छ । यो पनि तीन चारदिन मै सिद्धिन्छ, उनले भने, त्यसको विकल्पमा एसएसपी मल उपलब्ध गराउँदै आएका छौँ । उनले एसएसपीमा भने डिएपीजस्तो सरकारी अनुदान नरहेको बताए । हामीसँग डिएपी पनि पूरै नभएको हैन, उनले भने, छ तर आवश्यकता जति नभएको मात्रै हो । उनले भने, तर पनि डिएपीको सट्टामा एसएसपीको मल उपलब्ध गराएका छौँ । अहिलेसम्म किसान रित्तो हात फर्काउनु परेको छैन । धेरथोर उपलब्ध गराइरहेका छाँै ।
प्रमुख न्यौपानेले कार्यालयले रोल्पाका किसानलाई समेत रासायनीक मल उपलब्ध गराउँदै आएको बताए । उनले डिएपी एक बोरालाई २२ सय ८ रुपैयाँ ५० पैसा पर्ने र एसएसपी एक बोराको ९ सय ४१ देखि १ हजार २१ रुपैयाँसम्म पर्ने जानकारी दिए । तीन प्रकारको एसएसपी मल अहिले जिल्लामा रहेको छ । उनले डिएपी उपलब्ध हुन नसक्ने अवस्थामा यो मल किसानहरुलाई वितरण गरिहेको उल्लेख गरे ।
किसानहरुका लागि खेतीको सुरुवाती चरणमा आवश्यक पर्ने डिएपी मलको जिल्लामा अहिले अभाव छ । सरकारले अनुदानमा प्रदान गर्दै आएको र कृषि सामग्री केन्द्रले किसानलाई उपलब्ध गराउने रासायनिक मल डिएपी अहिले जिल्लामा चरम अभावमा देखिएको छ । सामग्रीले अभाव भएको बताइरहदा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले भने आपूर्ती गरिरहेका बताएको छ । किसानहरुले आवश्यक डिएपी मल नपाउँदा धानको ब्याड राख्ने, रोप्ने, मकै रोप्न समस्या भइरहेको बताएका छन् । जिल्लामा ४ हजार मेट्रिक टन डिएपी मलको आवश्यकता रहेको छ, जसमा ७० प्रतिसत कृषि सामग्री केन्द्रले र ३० प्रतिसत साल्ट टे«डिङले मल आपूर्ति र ब्यवस्थापन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *