- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरठूला योजनाको खर्च कम

ठूला योजनाको खर्च कम

- Advertisement -spot_img

घोराही, २६ फागुुन । दाङमा ठूला विकास आयोजनाको गति सुस्त देखिएको छ । भने विकासका लागि आएको बजेट पनि कम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कले चालु आवको हालसम्म भइसक्नु पर्ने विकास र खर्च कम देखिएको बताएको छ ।
चालु आर्थिक दोस्रो चौमासिक पूरा हुनै लाग्दा विकासे आयोजनाले गति लिन सकेको छैन् । आयोजनाका लागि आएको रकम कम खर्च हुनु नै विकासका आयोजनाले गति लिन नसक्नुको कारण हो । नागरिकलाई विकासको अनुभूति दिन विकेन्द्रितकृत शासन व्यवस्था लागू भएको छ । देशमा तीन तहको सरकार सञ्चालनमा छ तर पनि जनताले अनुभूति गर्ने गरी विकासका कामहरु तिब्र रुपमा बढ्न सकेका छैनन् । न गतिलो विकासका योजना बन्न सकेका छन् न त छनौट भएका योजनाले पनि तिब्रगति लिन सकेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुुसार विभिन्न ठूला तथा साना आयोजनाका लागि आएको पुँजीगत खर्च हालसम्म करिब ५६ प्रतिशत मात्र खर्च भएको छ । अहिलेसम्म ७५ प्रतिसतसम्म विकास खर्च हुनु पर्ने हो । विकासका योजनाका लागि आएको रकम समयमै खर्च हुुन नसक्दा प्रत्येक वर्ष अरबौँको रकम फिर्ता भएर जाने गरेको छ भने कतिपय योजना असार मसान्त सकिनै लाग्दा हतार हतारमा खर्च गर्ने गरको कोष तथा लेखा नियन्त्रक अर्जुनबहादुर डिसीले बताए ।
उनले भने– अधिकांश विकासका योजना दोस्रो चौमासिकसम्म सुुस्त नै हुुने गर्छन्, अन्तिम चौमासिक आउँदा अधिकांश योजनाले विकासे बजेट हतार–हतारमा खर्च गर्ने गर्दछन् । ‘पुजीँगत खर्च कम हुनु भनेको विकासका योजना निर्माणले गति लिन नसकेको प्रष्ट रुपमा बुझन्न्स किन्छ, दाङमा विभिन्न योजनाका लागि आएको पुँजीगत बजेट वर्षेनी फ्रिज भएर जाने गरेको पनि छ’ उनले भने ।

कुुनले कति खर्च गरे ?

दाङमा सघन सहरी तथा भवन डिभिजन निर्माण आयोजनाले फागुन २२ गतेसम्म ५३ करोड २८ लाख ४७ हजार ६ सय १९ रुपैयाँ ३३ पैसा बजेट खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुुसार आयोजनाका लागि आएको कुल १ अर्ब ७ करोड ६७ लाख ६६ हजारमध्ये ५४ करोड ३९ लाख १८ हजार ३ सय ८१ रकम खर्च हुन बाँकी छ ।
त्यस्तै सहरी विकास तथा भवन डिभिजन निर्माण कार्यालयले ४४ करोड ६८ लाख ४३ हजार १ सय ७६ पुँजीगत बजेटमध्ये ३ करोड १८ लाख ४३ हजार १ सय ७६ खर्च गरेको छ । त्यस्तै डिभिजन सडक कार्यालयले कुल १ अर्ब १३ करोड २६ लाख ४१ हजार पुँजीगत बजेटमध्ये दोस्रो चौमासिक सकिनै लाग्दा ५२ करोड ६१ लाख ३२ हजार ४ सय ३० मात्र खर्च गरेको छ ।
त्यस्तै प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाले १९ करोड २८ लाखमध्ये ९ करोड ६४ लाख ११ हजार ८ सय ५५ मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका सूचना अधिकारी तपसी चौधरीले जानकारी दिए । उनका अनुसार बृहत दाङ सिंचाई योजनाले पनि चालु आर्थिक वर्षको १ चौमासिक बाँकी रहदा योजनाका लागि आएको १९ करोड ४५ लाखमध्ये २ करोड ९ लाख ३ हजार २ सय ७२ मात्र खर्च गरेको छ । त्यस्तै जनताको तटबन्ध कार्यक्रमअन्तर्गत आएको कुल २३ करोड १७ लाख ५० हजार पुजीँगत बजेटमध्ये २१ करोड ९१ लाख ६ हजार २ सय ४४ रुपैयाँ खर्च गरेको छ ।

आयोजनाका लागि आएको रकम कम खर्च हुनु नै विकासका आयोजनाले गति लिन नसक्नुको कारण हो ।

त्यस्तै कारागार कार्यालय तुलसीपुरले १३ लाख ५० हजार पुजीँगत बजेटमध्ये ३ लाख ५० हजार मात्रै खर्च गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले ८ लाख ९४ हजारमध्ये २ लाख ८० हजार ४४९ मात्रै खर्च गरेको छ । चालु आर्र्थिक वर्षको फागुन २२ गतेसम्म जिल्ला निर्वाचन कार्यालयले ६ लाख ९० हजार, जिल्ला सरकारी वकिलको कार्यालयले १ लाख ६० हजार प्राप्त पुँजीगत बजेट खर्च नगरेको सूचना अधिकारी चौधरीले बताए ।
त्यस्तै मालपोत कार्यालय लमहीले ५ लाख ५० हजार प्राप्त पुँजीगत बजेटमध्ये २ लाख खर्च गरेको छ । त्यस्तै जिल्ला प्रहरीका कार्यालयले पनि कुल १ करोड ३ लाख ४१ हजार प्राप्त पुँजीगत बजेटमध्ये चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिनै लाग्दा ७६ लाख ७२ हजार ९७७ खर्च गरेको सूचना अधिकारी चौधरीले बताए ।

४४ प्रतिशत पुँजीगत बजेट खर्च हुन बाँकी

जिल्लामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिनै लाग्दा ४४ प्रतिशत पुँजीगत रकम खर्च हुन बाँकी छ । बितेको वर्षको तुलनामा पुँजीगत रकमको खर्च बढे पनि सोंचे अनुसारको नभएको सूचना अधिकारी चौधरीको भनाइ छ । बितेको वर्षमा यो समयमा करिब ५० प्रतिशत मात्रै पुँजीगत रकम खर्च भएको थियो, उनले भने– तर यो वर्ष ५६ प्रतिशत खर्च भएको छ, बितेको वर्षको तुलनामा ६ प्रतिशत बढी खर्च भएपनि साेंच अनुसार खर्च हुन सकेको छैन् ।
चौधरीका अनुसार पछिल्लो समय पुँजीगत खर्च यो समयमा करिब ६५ प्रतिशत पुगेको हुनुपर्छ । आर्थिक वर्ष सकिनै लाग्दा योजनाको रकम व्यापक खर्च हुुने गरेको छ , जसले गर्दा आर्थिक वर्षको दोस्रो चौमासिकसम्म खर्च बढ्न सकेको छैन उनले भने ‘बैशाख, जेठमा पँुजीगत खर्च ह्वात्तै बढ्नुुले योजना गुणस्तर हुन सकेका छैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here