- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयठगी गर्नेलाई कारवाही गर

ठगी गर्नेलाई कारवाही गर

- Advertisement -spot_img

ठगी, चोरी, तस्करी, जालझेल, फटाईगिरी अहिले यत्रतत्र रहेको छ । सबै क्षेत्रमा यस्ता खालका प्रवृति देखिएका छन् । गाउँ सहर, पहाड तराई हिमाल सबै क्षेत्र सबै वर्ग समुदायमा अहिले ठगी मौलाएको छ । झुट चोरी त्यतिकै रहेको छ ।
दाङमा पनि एउटा यस्तो घटनाको सार्वजनिक भएको छ की एकजना महिला एक करोडभन्दा बढी रकम ठगेर फरार रहेको विषय सार्वजनिक हुनुले सबै सचेत बन्नु पर्ने देखाइदिएको छ ।
स्थानीय महिलाहरु र स्थानीयबाट विभिन्न बहानामा पैसा संकलन गरेर ठग्ने नियत गरेर फरार हुने क्रम यत्रतत्र नै छ । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका अधिकांस महिलाहरुलाई ठगेर धादिङको नौविसे–५ घर भई हाल गणेशपुरमा व्यवसाय गर्दै आएकी सपना श्रेष्ठ तामाङ अहिले फरार छिन् ।
उनले ठगेको रकम उठाउन नसक्दा पीडितहरु पीडामा छन् । पैसा लिएको व्यक्ति दिनुको साटो फरार हुँदा पीडितहरु घर न घाटका बनेका छन् । यसले परिवारमा समेत विचलन ल्याएको छ ।
मान्छे चिन्ने एउटा माध्यम आर्थिक कारोवार हो भन्ने गरिन्छ । आर्थिकरुपमा चलखेल गर्नेहरु पहिले आर्थिक कारोवार गर्दा विश्वासिला बन्ने र ठूलो रकम कुम्ल्याउने चालबाजी बढी भएको देखिन्छ ।
चिनजान गर्ने नाता लगाउने छोटो अवधिमै विश्वास दिलाउने र अन्त्यमा ठगी गर्ने उद्देश्य ठगहरुमा प्रष्ट नै देखिने गरेको छ । विभिन्न क्षेत्रमा यस्ता ठगी बढ्दै गए पनि राज्यस्तर र स्थानीयहरुबाट पनि सचेतना अपनाउने र सचेत हुने अवस्था देखिदैन ।
त्यसमा सबै सचेत हुनसकेमा यस्ता घटनाहरु कम हुने छन् । देशभरीका ठगी मुद्दा र विषयहरु हेर्दा सबैभन्दा बढी महिलाहरु नै ठगिएको देखिन्छ । छिटो विश्वास गर्ने र विश्वासमा तथा आफ्नो बसमा महिलाहरुलाई पार्न सक्ने भएर पनि महिलाहरु यस्ता घटनामा बढी नै पीडित छन् ।
दाङमा पनि हजार, लाखका ठगी पटक–पटक भइरहेका देखिनथ्ये अहिले करोड ठग्ने महिला देखिएकी छन् । त्यो पनि महिलाहरुलाई नै । विशेषगरेर ब्याजको लोभ देखाउने र बढी ब्याज खाने आशमा पनि ठगीने र धनमाल गुमाउने क्रम बढी नै देखिएको छ ।
नेपालीमा रहेको एउटा उखान छ ‘लोभले लाभ लाभले विलाप’ अहिले सपना श्रेष्ठले तुलसीपुरमा महिलालाई त्यस्तै बनाएकी छन् । ब्याजको मोहले लाखौ रुपैयाँ गुमेको जस्तै भएको छ ।
खुलेआम गाउँमा बस्तीमा पसेर ठगी गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारवाही गरिनुपर्छ । ठगीमा संलग्न रहेकोहरुलाई स्थानीय प्रशासनले चासो लिएर पीडितहरुलाई न्याय दिन सक्नुपर्छ ।
भने अर्काे क्षेत्रमा यस्ता घटना हुन नदिन सचेतना फैलाउनु पर्ने देखिन्छ । स्थानीयहरु समेत यस्ता कुरामा सजक र सचेत हुनसकेमा आफै पनि बच्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here