- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरट्रेड युनियनको प्रशिक्षण

ट्रेड युनियनको प्रशिक्षण

- Advertisement -spot_img

घोराही, २१ असार । बदलिदो राजनीतिक परिवेशमा नयाँ श्रम ऐनको कार्यान्वयनको विषयमा एकदिने प्रशिक्षण दिइएको छ । कारखानादेखि मजदुरहरुको औद्योगिक क्षेत्रको विषमा नयाँ ऐन, श्रमिक विषयमा प्रशिक्षण दिइएको छ ।
विभिन्न पेसामा रहेर काम गर्ने मजदुरहरुका लागि मजदुरका अधिकारका विषयमा प्रशिक्षण दिइएको हो । ट्रेड युनियन कांग्रेस दाङको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम भएको हो ।
प्रशिक्षण कार्यक्रममा सहभागीहरुले अहिलेको सरकार श्रमिकको पक्षमा नभएको बताएका थिए । मजदुर तथा श्रमिकको नाममा विभिन्न आशा देखाए पनि पूरा गर्न नसकेको बताएका थिए ।
साथै उनीहरुले सरकारले यातायात क्षेत्रमा सिन्डिकेटको अन्त्य गर्ने भने गरेका आश्वासनले मजदुरहरु झनै मर्कामा परेको बताएका थिए । ट्रेड युनियन कांग्रेस दाङका अध्यक्ष तिर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपालि कांग्रेस दाङका उपाध्यक्ष कमानसिंह भारतीले ट्रेड युनियन नेपाली कांग्रेसको भातृ संगठन रहेको बताउँदै टे«ड युनियन मजबुत भए नेपाली कांग्रेस संगठित भई पार्टी बलियो हुने बताएका थिए ।
सबै क्षेत्रका मजदुरहरुलाई कांग्रेसले संगठित गरेको बताउँदै कांग्रेसले नै सबै वर्गका मजदुरको संरक्षण गर्न सक्ने बताएका छन् । कांग्रेस बलियो बनाउनका लागि ट्रेड युनियन पनि सक्षम हुन जरुरी रहेको बताएका छन् ।
सरकारले श्रमहरुको विषयमा कुनै पनि योजना तथा कानुनहरु कार्यान्वयन नगरेको अवस्थामा ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न समितिहरुका पदाधिकारहरु श्रमिकको हकको लागि आवाज उठाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसमा आवद्ध जेवी गुरुङ, धर्मराज भण्डारी, तेजप्रसाद ढकाल, ट्रेड युनियन राष्ट्रिय यातायात महासंघका सल्लाहकार सुरेश हमाल, अम्विकेश्वरी यातायातका ज्ञानबहादुर बस्नेत, प्रेस युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम, भेषबहादुर खड्का, पवित्रा डाँगी, निमकान्त पाण्डेयलगायतले बोलेका थिए ।
ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्रीधर शर्माले गरेका थिए । टे«ड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राई र गणेश केसीले प्रशिक्षण दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here