ट्रेड टावरदेखि जेष्ठ नागरिक भ्रमणसम्मका योजना

फिचर मुख्य खबर

तुलसीपुर नगरको पाँचौ नगरसभा …
तुलसीपुर, २५ जेठ । आर्थिक वर्ष ०७६/७७ का लागि तुुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा टावर निर्माणदेखि जेष्ठ नागरिकलाई भ्रमण गराउनेसम्मका योजना राखिएको नगरप्रमुख घनश्याम पाण्डेले सार्वजनिक गरेका छन् ।
तुलसीपुर उपमहानगरले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बहुउद्देश्यीय तुलसीपुर टे«ड टावर निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारेको छ भने ८० वर्षदेखि माथिका जेष्ठ नागरिकलाई नेपालका प्रमुख एवं पर्यटकीय स्थलको भ्रमण गराउने योजना शुक्रबार प्रस्तुत गरको नीति तथा कार्यक्रममा छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पाण्डेले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सडकको पूर्वाधारलगायतका योजना प्राथमिकतामा रहेको बताए । ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर, खुशी जनता समृद्ध तुलसीपुर’
भन्ने मूल नाराका साथ तुलसीपुर उपमहानगरले बालविवाह न्यूनीकरण गर्न स्मार्ट छोरी कार्यक्रम अघि सारेको छ । त्यस्तै उपमहानगरले फुसका छानोमुक्त अभियान जारी रहने, भौतिक पूर्वाधारमा बलियो बनाउन सडक, विद्युत, स्वच्छ पिउने पानी,
अस्पताल, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, यातायात, बजार व्यवस्थापन, रंगशाला, सभागृह निर्माण गर्ने योजना अघि सारेको छ । उपमहानगरले वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि सामुदायिक तथा निजी वनलाई दिगो व्यवस्थापन गरी जीविकोपार्जनसँग जोड्ने,
प्लाष्टिकजन्य सामाग्रीको निषेध गरी दुना टपरीलाई प्राथमिकता दिने योजना बनाएको छ । शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकालाई बालश्रममुक्त गराउने,
अपाङ्गता भएका व्यक्तिका लागि सडक मानवमुक्त बनाउने, उद्योग, व्यवसाय, उद्यमशीलता, श्रम, रोजगारी विकासका लागि मेयर उद्यमशीलता तथा युवा उद्यम कार्यक्रम सञ्चालन गरिने,
व्यवसायीक किसानका लागि विशेषखालको परिचयपत्र प्रदान गरिने, असंगठित रुपमा काम गर्ने मजदुरहरुलाई श्रमिक परिचय पत्र प्रदान गरिने, सहकारीमार्फत जनतालाई आर्थिक समृद्धिसँग जोड्ने,
तीन वर्षभित्र सबै वडाहरुमा कृषि सामाग्री सहकारीमार्फत बिक्री वितरण गर्ने, पचास विगाह भन्दा बढी खेती गर्ने कृषक समूह तथा सहकारीलाई निःशुल्क श्रमिकको व्यवस्था गरिनेलगायतका योजना रहेका छन् ।

नीति तथा कार्यक्रमका बुँदाहरु

  •  तुलसी ट्रेड टावर निर्माण

  •  आगामी वर्ष सडक वर्षको घोषणा

  •  हरेक वडामा योग भवनको निर्माण

  •  फुसको छानो भएकालाई निःशुल्क जस्ता वितरण

  • स्मार्ट छोरीअन्तर्गत २० वर्षसम्म वार्षिक १२ सय प्रदान गरिने

  •  ८० वर्षभन्दा बढी उमेर भएकालाई भ्रमण

  •  ६० वर्ष पुगेकालाई परिचयपत्र वितरण

  •  व्यवसायीक किसानका लागि विशेष परिचय पत्र

  •  असंगठित रुपमा काम गर्न मजदुरलाई परिचय पत्र

  •  तीन वर्षभित्र सहकारीमार्फत कृषि सामाग्री, मल विउ वितरण गरिने

  •  कृत्रिम गर्भाधारण केन्द्रको स्थापना

  •  एक वडा एक उद्यान निर्माण गरिने

  •  सक्राम व्यारेकलाई क्रान्ति संग्रालय स्थापना गरिने

  • पर्यटन गन्तव्यहरुको पूर्वाधार निर्माण गरिने

  •  कृषिको बजारीकरण तथा प्रवद्र्धनका लागि मोवाइल एप्स सञ्चालन

  •  सामुदायिक तथा नगरपुस्तकालय स्थापना गरिने

  •  विदेशी भाषालाई विद्यालयभित्र सञ्चालन गरिने

  •  वैदेशिक रोजगार लक्षित तालिम सञ्चालन गरिने

  •  दूध, कृषिजन्य सामाग्री, औषधिजन्य सामाग्री बिक्री वितरणमा २५ प्रतिशत कर छुट दिने

  •  विषादी रासायनिक पदार्थको कारोवार, क्रसर उद्योग, इट्टा उद्योगलगायतलाई २५ प्रतिशत कर वृद्धि

  • १०० जना भन्दा बढीलाई रोजगारी दिने कम्पनी वा संस्थालाई ३ वर्षको कर ५० प्रतिशत लिने

पशुपालन तथा संरक्षण गर्ने, पशुपालनक किसानलाई विभिन्न प्रोत्साहन गर्ने किसिमका कार्यक्रम गरिने, सञ्चारमैत्री सरकार र विकासमैत्री सञ्चारको अवधारणबाट स्थानीय सञ्चारमाध्यमलाई कृषि, वातावरण, तथा समावेशी विकासमैत्री सामाग्री प्रकाशन तथा प्रशारण गर्न लेखन वृत्तिको व्यवस्था गर्ने पनि उपमहानगरको नीति तथा कार्यक्रममा परेका छन् ।
शिक्षा, युवा तथा खेलकुद विकासका लागि प्राविधिक तथा व्यवसायीक तालिम सञ्चालन गर्ने, युवा तथा खेलकुदका लागि सबै वडामा खेलकुदको मैदानको निर्माण गर्ने योजना पनि उपमहानगरले अघि सारेको छ ।
खेलकुदको समूचित विकासका लागि स्पोट्स एकाडेमी स्थापना गरिने, जनस्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रम विद्यालयमार्फत लैजाने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उपमहानगपालिकाले राजस्व संकलनलाई प्रभावकारी बनाई जनताले तिरेको करलाई सहीरुपमा परिचालन गर्ने नीति लिएको छ । उपमहागरले आगामी वर्षमा करदाता विवरण डिजिटल प्रणालीमा आवद्ध गरी प्रत्येक करदाताको तुलसीपुर स्मार्ट ट्याक्स पेयर कार्ड प्रयोग गर्ने प्रणालीको विकास गर्ने, विषादी,
रासायनिक पदार्थको कारोबार, क्रसर उद्योग, इट्टा उद्योग, सूर्ति तथा मदिराजन्य पदार्थ, प्लाष्टिकजन्य वस्तुको कारोवार गर्ने व्यवसायीलाई २५ प्रतिशत शुल्क थप गर्ने नीति लिएको छ ।
आगामी आर्थिक वर्षदेखि घरबहाल कर थप १० प्रतिशत वृद्धि गर्ने, १ सय जनाभन्दा बढीलाई रोजगार दिने रोजगारदातासँग ३ वर्षको कर ५० प्रतिशत लिने र करको दरभन्दा पनि करको दायरालाई बढाउने नीति उपमहानगरले लिएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *