Thursday, April 25, 2024
Homeफिचरट्राफिकलाई बे्रथलाइजर मेसिन

ट्राफिकलाई बे्रथलाइजर मेसिन

- Advertisement -spot_img

तुलसीपुर, ११ बैशाख । दाङ ट्राफिक प्रहरीले अबदेखि मापसेको चेकजाँचका लागि अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रयोग गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन भएको मापसे चेकजाँच अब अत्याधुनिक मेसिनको प्रयोगबाट हुन लागेको हो ।
दाङका तीन ठूला सहर र विकासोन्मुख शहरहरुलाई केन्द्रित गरी आधुनिक र बहुउपयोगी तीनवटा ब्रेथलाइजर मेसिन उपलब्ध भएपछि ट्राफिक प्रहरी आधुनिक उपकरण प्रयोगमा गएको हो ।
दाङको तुलसीपुर, घोराही र लमहीका स्थानीय सरकारले मेसिन खरिदमा आर्थिक सहयोग गरेका छन् । ट्राफिक प्रहरीलाई प्रदान गरेपछि जिल्लाको ट्राफिक प्रहरी प्रविधिमैत्री भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए ।
उनले नेपालमा पहिलो पटक भित्रिएको ब्रेथलाइजर मेसिन दाङ ट्राफिकले प्रयोग गर्ने अवसर पाएको बताए ।

मापसे चेकिङ गर्न ब्रेथलाइजर मेसिन प्रयोग हुने भएपछि ट्राफिक प्रहरीले सुँघेर चेक गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यस अघि अनुमानको भरमा मापसे कारवाही गरिदै आएको थियो ।

चीनमा बनेको बहुउपयोगी मेसिन दाङमा पाएका छौँ, यसले चेकजाँचमा धेरै सहज गराउने छ, उनले भने, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले मेसिन खरिद गरिदिने निर्णय गरेपछि घोराही र लमही नगरले पनि एक÷एकवटा उपकरण सहयोग गरेको उनले बताए ।
उनले यो मेसिनले कुन स्थानमा चेकचाँज भएको हो, कति मादकपदार्थको परिणाम छ, तथा मापसे गर्नेको लाइसेन्स नम्बर र प्रयोगकर्ताको नामसमेत स्पोर्टमै प्रिन्ट गर्ने बताए ।
उनले मेसिनमा क्यामेरासमेत रहेका हुँदा गल्ती गर्नेलाई स्पोर्टमै कारवाही गर्न सकिने बताए । ब्रेथलाइजरमा एकजनाको रिपोर्ट तीन महिनासम्म स्टोर हुने र त्यो प्रमाणको रुपमा रहने बताए ।
मापसे चेकिङ गर्न ब्रेथलाइजर मेसिन प्रयोग हुने भएपछि ट्राफिक प्रहरीले सुँघेर चेक गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यस अघि अनुमानको भरमा मापसे कारवाही गरिदै आएको थियो ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले १ लाख २५ हजारमा खरिद गरेको बहुउपयोगी ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरी कार्यालय दाङलाई हस्तान्तरण गरेको छ ।
मादकपदार्थ सेवन गरी सवारी साधन चलाउँदा हुने दुर्घटना न्यूनीकरण गर्न ब्रेथलाइजर ट्राफिक प्रहरीलाई दिइएको वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here