ट्रमा सेन्टरलाई जग्गा

मुख्य खबर

देउखुरी, २९ चैत । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले प्रयोग गर्दै आएको स्थलमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरिएको छ । जग्गाको विषयमा विवाद भइरहेका बेला सर्वदलीय छलफलबाट जग्गाको टु्ङगो लगाइएको हो ।
बिहीबार लमहीमा विभिन्न सरोकारवाला पक्षसँग भएको बृहत छलफल ट्रमा सेन्टर स्थापना गर्ने स्थानको ब्यवस्थापन गरिएको हो । कोहि कसैले पनि एकअर्कालाई आरोप नलगाई सहमति र सहकार्यमा ट्रमा सेन्टर स्थापना हुनु पर्ने सरोकारवालाले धारणा राखेका छन् ।
त्यस्तै कृषि उपज केन्द्रमा सञ्चालनमा रहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारीलाई पनि किसानका लागि पायक पर्ने स्थानमा ब्यवस्थापन गरिने भएको छ ।
कार्यक्रममा प्रदेश सांसद ईन्द्रजित थारुले ट्रमा सेन्टर स्थापनाको लागि प्रदेश सरकारबाट दुई करोड बजेट विनियोजन भएको बताए । यो आर्थिक वर्षमा दुई करोड बजेटको काम नसकिने बताउँदै थारुले यो बर्ष डिपिआर तयारी गरी अर्को आर्थिक वर्षमा ति योजनाले गति लिने बताए । प्रदेश सभासद रेवतीरमण शर्माले अन्य परियोजनाको निम्ति बनेको भवनले ट्रमा सेन्टर सञ्चालन नहुने भन्दै, ट्रमा सेन्टर स्थापनाको लागि सबैको समन्वयबाट अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
यस्तै प्रदेश सभासद दामा शर्माले ट्रमा सेन्टरको स्थापनाको कुरालाई छिटोभन्दा छिटो अगाडि बढाउने बताइन् । शर्माले सबैलाई पायक पर्ने भएको हुनाले उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थामा रहेको जग्गामा नै ट्रमा सेन्टरको स्थापना गर्नुपर्ने बिचार व्यक्त गरेकी छन् ।
कार्यक्रममा लमही नगरपालिका प्रमुद कुलबहादुर केसी, वडा नम्बर ३ वडा अध्यक्ष बाबुराम चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष सुवास न्यौपाने, वडा नम्बर ५ का सदस्य कुमार भट्टराई, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, समाजसेवी जागेश्वर घिमिरे, समाजसेवी नारायण डिसी छम्पाली, लिलाराम खनाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे,
राष्ट्रिय जनमोर्चाका हरि थापा, संघीय समाजवादी फोरमका किशोर कुमार घर्ती, नेकपाका नेता रतनकुमार केसी, समाजसेवी वीरबहादुर केसी, शशिराम नेपाली, धुपनारायण चौधरी, हिमन्तप्रसाद पाण्डे, अमर कवर नविन, रेशमबहादुर खड्का, दामोदर पाण्डे, नागरिक समाज दाङका उपाध्यक्ष निमबहादुर थापा, भरत दुलाल, शशिधर ज्ञावली, पत्रकार लिला शाह, केपी घिमिरे, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले गरेका थिए । त्यसैगरी बिहीबार लमहीमा विभिन्न सरोकारवाला व्यक्तिसँग भएको वृहत छलफलबाट दुईवटा निर्णय भएको छ । लमही नगरपालिकाले आयोजना गरेको ट्रमा सेन्टर स्थापनाको विषयमा दोस्रो छलफलमा सर्वदलीय र सर्वपक्षीय दलहरुले दुईवटा निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *