ट्रमा सेन्टरको लागि जग्गा

मुख्य खबर

देउखुरी, १८ चै । प्रदेश नम्बर ५ को सरकारले देउखुरीको लमहीमा ट्रमा सेन्टर सघन उपचार केन्द्र स्थापना गर्ने भएको छ । यो विषयमा आइतबार लमहीमा सरोकारवाला निकायकासँग छलफल भएको छ ।
लमहीको मुख्य राजमार्गदेखि दक्षिणतर्फ रहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको जग्गामा ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
ट्रमा सेन्टरको लागि कम्तिमा पनि एक बिगाहको जग्गा चाहिने र पन्ध्र शैया बेड हुनु पर्ने प्रदेश नम्बर पाँचका स्वास्थ्य संयोजक दिनेश चापागाईले बताए । ट्रमा सेन्टर स्थापनाका लागि जग्गाको एकिन, भवनको डिजाइन र डिपिआर निर्माण गरेर लमहीमा निर्माण कार्य हुने भएको छ । प्रदेश सरकारले यस बर्ष २ करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै छलफल कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रजीत थारु, रेवतीरमण शर्मा, दामा शर्मा, सरस्वती गौतमले प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्न सबैले सहयोग गर्नुपर्ने बताए । छलफललमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश चापागाई, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवाली, लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे,
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *