Wednesday, March 27, 2024
Homeफिचरट्याक्टर पल्टिदा तीन बालिकाको मृत्यु

ट्याक्टर पल्टिदा तीन बालिकाको मृत्यु

- Advertisement -spot_img

गढवा, १६ कार्तिक । दाङमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गढवा कोइलाबास सडक खण्डको गढवा गाउँपालिका ५ चिसापानीमा रा १ त २३९३ नं.को ट्याक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा गढवा गाउँपालिका–६ मनिकापुरका ११ वर्ष कि निनु पुन, १२ वर्षकी सीमा परियार र १२ वर्षकी सुनिता पुनमगर रहेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
दुर्घटनामा परी २३ जना घाइते भएका छन् । गढवा गाउँपालिका–६ मनिकापुरबाट भैलो खेली उठेको पैसाले चिसापानीमा पिकनिक खाई घर फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिदा ट्याक्टरमा सवार २३ जना घाइते भएका छन् । ट्याक्टरमा २६ जना सवार रहेका थिए ।
घाइतेको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भइरहेको छ । तीनजनाको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएका हो । घाइतेमध्ये ४ जना गम्भीर घाइते छन । १९ जना मध्यम घाइते भएको दाङ प्रहरी प्रवक्ता शाहले बताए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बसले स्कुटीलाई ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन् । बसको ठक्करबाट स्कुटी चालक तुलसीपुर–८ का २० वर्षिय वर्षा गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर घोराही सडकखण्ड अन्तर्गत बिजौरीतर्फ गइरहेको रा ३ प ९५८३ लाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ४७६० बसले ठक्कर दिदा गिरी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here