टोल विकास संस्थाको एकीकरण

मुख्य खबर समाज

घोराही, ११ कात्तिक । घोराहीमा रहेको पशुपति टोल विकास संस्था र विष्णु टोल विकास संस्थालाई एकीकरण गरी सभागृह टोल विकास संस्था नामाकरण गरिएको छ । जेष्ठ नागरिक जगत बहादुर शाहको अध्यक्षतामा संयुक्त भेलाको आयोजनामा दुई टोलको एकीकरण गरिएको हो । उक्त टोलमा ५० भन्दा बढी घरधुरी रहेको छ । उक्त अवसरमा सभागृह टोल विकास संस्थाका अध्यक्ष मुकुन्दप्रसाद भट्टराईको अध्यक्षतामा नौ कार्यसमिति सदस्य चयन गरिएको हो । जसको उपाध्यक्षमा नरबहादुर बुढाथोकी, सचिवमा सुदिन घिमिरे, कोषाध्यक्षमा चित्रा कुमारी थापा, सदस्यहरुमा नारायणी खत्री, नन्दा केसी, चिरञ्जीवि बुढाथोकी, पदमप्रसाद पौडेल र दिपेन्द्र पुन मगर रहेका छन् । यस्तै सल्लाहकारमा रेशम बहादुर डाँगी र लिला बहादुर पुन रहेका छन् । भेलाको सहजीकरण सुदिन घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *