- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरटोल–टोलमा योग सञ्चालन गरिने

टोल–टोलमा योग सञ्चालन गरिने

- Advertisement -spot_img

सकियो बृहत योग शिविर …
तुलसीपुर, १५ जेठ । तुलसीपुरमा सञ्चालन भएको बृहत योग विज्ञान शिविर बुधबार सकिएको छ । तुलसीपुरको अरनिको मैदानमा जेठ ११ गते शुरु भएको योग विज्ञान शिविर बुधबार सकिएको हो ।
योग विज्ञान शिविर समारोहलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उपमहानगरका टोल–टोलमा योग कक्षा सञ्चालन गरिने बताएका छन् ।
नगरका नागरिक स्वस्थ भएमात्रै समृद्धि हासिल गर्न सकिने भन्दै उनले स्वस्थ नागरिकका लागि टोल–टोलमा योग कक्षा सञ्चालन हुने बताए । ‘हामीले योगमार्फत नगरका नागरिकलाई स्वस्थ बनाउछौँ, तबमात्रै हामीले चाहेको समृद्धि प्राप्त हुन्छ’ उनले भने ।
उनले उचित खानपान नहुँदा र व्यस्त जीवनशैलीका कारण अधिकांश नागरिक अस्वस्थ हुँदै गएको बताए । नागरिक स्वस्थ भए जनशक्ति पनि राम्रो हुने र स्वास्थ्यमा गरिने लगानीको पनि बचत हुने भन्दै अब योगलाई हरेक बस्तीमा पु¥याउनुपर्ने बताए ।
कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायधीश नहकुल सुवेदीले योगले स्वस्थ नागरिक उत्पादन संख्या सभ्य समाज निर्माण गर्न पनि सहयोग पु¥याउने बताए ।
सुसभ्य समाज निर्माण गर्न सकेमात्रै समृद्धि प्राप्त गर्न सकिने भन्दै योगले स्वास्थ्यसँगै संस्कार पनि सिकाएको बताए । बस्ती बाक्लिदै गए पनि मानिसहरुका मनहरु पात्लिदै गएको अवस्थामा योगले टुक्रिएका मनलाई जोड्ने बताए ।
योग गुरु तथा पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले तुलसीपुर उपमहानगपालिका प्रदेश ५ कै योगमैत्री स्थानीय तह भएको बताए ।
उनले स्वस्थ नागरिक निर्माणका लागि नगरले चासो देखाएको भन्दै अब योगलाई ग्रामीणस्तरमा योगको सन्देश फैलाउन यस्ता शिविरले ठूलो भूमिका खेल्ने बताए । तुलसीपुरमा सञ्चालन भएको पाँचदिने बृहत योग विज्ञान शिविरमा दैनिक करिब तीन हजारले योग साधना गरेको उनको भनाई छ ।
‘अब मोटो मानिस दुब्लाउन, दुब्लो मानिस मोटाउन नै योग आवश्यक छ, यतिमात्र होइन् योगले मानसिक रुपका स्वस्थ बनाउँछ’ उनले भने । मानिसहरु पछिल्लो समय निकै व्यस्त हुने कारणले आफ्नो स्वास्थ्यप्रति ध्यान दिन नसकेको भन्दै अब योगमार्फत स्वस्थ बनाउन सकिने बताए ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति तुलसीपुरको समन्वयमा पाँच दिनसम्म सञ्चालन भएको बृहत योग विज्ञान शिविरमा दैनिक तीन हजार बढीले योग साधना गरेको आयोजकले दाबी गरेको छ । यसैबीच उच्च अदालत तुलसीपुरका न्यायधीश नहकुल सुवेदी पतञ्जली योग समिति प्रदेश नम्बर ५ को संरक्षकमा चयन भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here