Saturday, April 20, 2024
Homeमुख्य खबरटोललाई सुशासन सिकाउँदै वडा

टोललाई सुशासन सिकाउँदै वडा

- Advertisement -spot_img

तुलसीपुर, १५ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले वडाभित्र रहेको टोल विकास संस्थाका पदाधिकारीहरुलाई सुशासन प्रशिक्षण दिन थालेको छ ।
आगामी आर्थिक वर्षको योजना तर्जुमा कार्यक्रम सुरु हुँदै गर्दा टोल विकास संस्थाका पदाधिकारीहरुलाई सुशासनको बारेमा सिकाउन थालिएको हो ।
दुई चरणमा गरिने कार्यक्रममा टोलभित्रका ७० टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता गराइने छ । पहिलो चरणअन्तर्गत शनिबार २५ टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्थागत सुशासन तथा योजना तर्जुमा सम्बन्धित अभिमुखीकरण गराइएको हो ।
स्थानीय सरकारको आधार टोल विकास संस्था भएकोले टोलमा सुशासन निर्माण गर्न सकिए माथिका निकाय सुधार हुँदै जाने भएको हुँदा वडाभित्रका टोल विकास संस्थाहरुलाई सुशासन र टोल विकास संस्थाको बारेमा जानकारी गराउन लागिएको वडा अध्यक्ष नवराज लामिछानेले बताए ।
टोल विकास संस्थाको व्यवस्थापन, अभिलेखीकरण योजना निर्माण, बजेट कार्यान्वयन र योजना छनोटजस्ता कार्यमा जिम्मेवार बन्न सुशासन आवश्यक भएको हुँदा पदाधिकारीलाई यो विषयमा अभिमुखीकरण गरिएको जानकारी दिए । वडाको विकास कार्यान्वयन टोलबाट नै हुने हुँदा टोल विकास संस्था जिम्मेवार बन्नुपर्ने उनले बताए ।
अडा अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका सुशासन समिति संयोजक सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष लामिछाने, वडा सचिव मुक्ति खनाल, सामाजिक परिचालक नाली मैया वलीले सुशासन, टोल विकास संस्था दर्ता प्रक्रिया, योजना छनोटका चरण, महङ्खवका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा लोकराज डाँगी, कमल गौतम, लक्ष्मण धिताल, प्रकाश भट्टराईलगायतले बोलेका थिए । वडा सदस्य युवा कराराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नानी मैया वलीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here