- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयटेलिफोनमा पहुँच बढाऊ

टेलिफोनमा पहुँच बढाऊ

- Advertisement -spot_img

जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण एउटा विषय सञ्चार हो । सञ्चारले नै अहिले सबै क्षेत्रलाई नजिक बनाउने काम पनि गरेको छ । मानिसको जीवनशैली यसरी अहिले फेरिएको छ ।
की बरु एक छाक खाना छुट्ला तर फोन र सञ्चार छुटाउन चाहदैनन् । फोन सेवा त्यस्तो भइसकेको छ जुन एकछिन पनि छोड्न सकिदैन ।
न त पहुँचबाट टाढा नै रहन सक्ने अवस्था छ । तर त्यस्ता स्थानहरु छन् जहाँ अहिले पनि फोनको पहुँचभन्दा बाहिर नागरिकहरु बस्नुपर्ने अवस्था छन् । सहरमा सहज सञ्चार भए पनि दूरदराज र विकट क्षेत्रमा नागरिकको पहुँचमा अझै पनि फोन सेवा पुग्न सकेको छैन । पुगेको ठाउँमा पनि फोन सेवामा लोडसेडिङ हुने गरेको देखिन्छ ।
सल्यानको पश्चिमी क्षेत्रमा देखिएको टेलिफोन लोडसेडिङ तालिकाले आम नागरिकलाई फोन सेवाको अनुभूति गराएको छैन । बल्ल–बल्ल पुगेको फोन सेवामा पनि यो समस्या आउनुले विकट क्षेत्र अझै पनि सञ्चारबाट पछि छ भन्ने देखाएको छ ।
सल्यान दुर्गम जिल्लामा हो । यसको सदरमुकाम सुगम मानिएपनि अहिलेसम्म आधारभूत सुविधाहरु पाउन नसकेको जिल्ला दुर्गम नै हो भन्न सकिन्छ ।
जिल्लामा ग्रामीण क्षेत्रहरु अहिले पनि सडक, विद्युत, टेलिफोन, शिक्षा स्वास्थ्यको पहुँचभन्दा बाहिर छन् । उपयुक्त शिक्षा र स्वास्थ्य अहिलेसम्ममा पनि सल्यानीले सहजरुपमा पाउन सकेका छैनन् ।
२१आंै शताब्दीको नागरिकहरुले फोन इन्टरनेट र विद्युतको समेत समस्या भोग्नु र उपयोग गर्न नपाउनु दुर्भाग्य जस्तै छ । सामान्य अवस्थाकै सडक सबै ठाउँमा नै नपुग्नु र सरकारले पनि त्यसतर्फ ध्यान दिन नसक्नु लाजमर्दाे भएको छ ।
भएको सेवालाई र पहुँचलाई पनि नियमित रुपमा प्रयोग गर्न नपाउनुले नागरिकको मन खिन्न बनाउँछ तर सरकारले पनि केही अनुभूति पक्कै गर्नुपर्छ ।
सल्यान पश्चिम क्षेत्रमा केही समय यता टेलिफोनमा पनि लोडसेडिङ हुने गरेको विषयले सबैलाई चकित बनाउनु स्वभाविक हो । यो विषयमा राजनीतिकर्मी र जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्छ ।
सहजरुपमा फोन सेवा नपाएका नागरिकहरुको आक्रोस स्वभाविक हुन्छ । सल्यानका केही क्षेत्रमा फोनमा भएको लोडसेडिङले सेवाग्राहीमा आक्रोश आएकै छ ।
टेलिफोन सेवामा दैनिक १४ घण्टा लोडसेडिङ हुन थालेपछि सल्लीबजार, बनगाड कुपिण्डे, कुमाख गाउँपालिका केही क्षेत्र, सिद्धकुमाख र दार्माका केही क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । यो हुनुहुँदैनथ्यो ।
टेलिफोनको पहुँचभन्दा बाहिर रहेको सल्यानको पश्चिमी क्षेत्रमा अहिले लोडसेडिङले सताएको छ । नागरिकलाई सञ्चारको सुविधाबाट बञ्चित गराइनु हुँदैन ।
टावरहरुमा देखिएका समस्या तत्काल सुधार गरेर लैजानुपर्छ । र सबै नागरिकलाई सेवाको पहुँचमा ल्याउन तीन तहकै सरकारहरु लाग्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here