टुङ्गीयो नेकपामा विभाग

फिचर मुख्य खबर

काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो समयदेखि टुङ्गीन नसकेको विभागीय जिम्मेवारी टुङ्गाएको छ । शुक्रबार बसेको सचिवालयको बैठकले सात प्रदेश र ३२ विभागको जिम्मेवारी तोकेको हो । सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरुसमेत बैठकले टुङ्गाएको छ ।
बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर, लालबाबु पण्डितलगायतका मन्त्रीले पनि विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुख नै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् । बैठकले चर्चामा रहेको स्कुल विभागको जिम्मा ईश्वर पोख्रेललाई दिएको छ । सहसंयोजकको जिम्मा देवेन्द्र पौडेलले पाएका छन् ।
पार्टी स्कूल विभागमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रवक्ता नारायणकाजी श्रेष्ठले चासो देखाएका थिए । बैठकले अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डे, उपप्रमुखमा डोरप्रसाद उपाध्याय, उद्योग तथा वाणिज्य विभागमा राधा ज्ञवाली प्रमुख उपप्रमुख बामदेव क्षेत्री रहेका छन् ।
उपभोक्ता हित तथा आपूर्ति विभागमा प्रमुख मातृका यादव र उपप्रमुख बलराम बास्कोटा रहेका छन् । कृषि तथा भूमि सुधार विभागमा प्रमुख चक्रपाणि खनाल, उपप्रमुखमा हरि पराजुली, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख हरिवोल गजुरेल, उपप्रमुख कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
खानेपानी तथा सरसफाई विभाग प्रमुखमा विना मगर, उपप्रमुखमा ममता गिरी, जलस्रोत तथा सिंचाई विभाग प्रमुख वर्षमान पुन, उपप्रमुख परशुमेघी गुरुङ, निर्वाचन विभागमा प्रमुख प्रदिप ज्ञवाली,
उपप्रमुख खिमलाल देवकोटा, न्याय कानुन तथा मानवअधिकार विभाग प्रमुख रघुजी पन्त, उपप्रमुखमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुखमा योगेश भट्टराई,
उपप्रमुखमा पासाङ शेर्पा, प्रचार तथा प्रकाशन विभागमा नारायणकाजी श्रेष्ठ, उपप्रमुख सूर्यबहादुर थापा, प्रादेशिक मामला प्रमुख घनश्याम भुसाल, उपप्रमुखमा परशुराम तामाङलाई जिम्मा दिइएको छ ।
त्यसैगरी पुस्तकालय तथा अभिलेखीकरण विभागमा नारायणप्रसाद शर्मा प्रमुख, ज्ञान बहादुर भुजेल उपप्रमुख, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख रघुवीर महासेठ, उपप्रमुख हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुख टोप बहादुर रायमाझी, उपप्रमुख ठाकुर गैरे, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रामबहादुर थापा, उपप्रमुख गुरु बराल रहेका छन् ।
वन तथा वातावरण विभाग प्रमुखमा शक्ति बहादुर बस्तेत, उपप्रमुख चुडामणि जंगली, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा गणेश शाह,
उपप्रमुखमा अरुण नेपाल, विदेश मामला विभाग प्रमुख माधवकुमार नेपाल, उपप्रमुख सुरेन्द कार्की, शिक्षा तथा मानव स्रोत विभाग प्रमुख गिरिराजमणि पोख्रेल, उपप्रमुखमा विजय पौडेल, श्रम तथा रोजगार विभाग प्रमुखमा गोकर्ण विष्ट, उपप्रमुख रामेश्वरराय यादव, रहेका छन् ।
त्यसैगरी संगठन विभाग प्रमुख बामदेव गौतम, उपप्रमुख जनार्दन शर्मा, संसदीय विभाग प्रमुख सुवास नेङ्वाङ, उपप्रमुख देवप्रसाद गुरुङ, समाज कल्याण विभाग प्रमुख केशवलाल श्रेष्ठ, उपप्रमुखमा गोपाल ठाकुर रहेका छन् ।
त्यसैगरी सहकारी तथा गरीबी निवारण विभाग प्रमुख विष्णु रिमाल, उपप्रमुखमा धर्मदत्त देवकोटा, शहरी विकास विभाग प्रमुख लेखराज भट्ट, उपप्रमुख जगन्नाथ खतिवडा, सामान्य प्रशासन विभाग प्रमुख लालबाबु पण्डित,
उपप्रमुख रेखा शर्मा, साहित्य कला तथा संस्कृति विभाग प्रमुख मणि थापा, स्थानीय तह विभाग प्रमुख युवराज ज्ञवाली, उपप्रमुख उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख राजेन्द्र पाण्डे, उपप्रमुख अञ्जना विसंखे, नीति अनुसन्धान प्रतिष्ठान विभाग संयोजक झलनाथ खनाल सहसंयोजक रामचन्द्र झा रहेका छन् ।

नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले सात प्रदेश र ३२ विभागको जिम्मेवारी तोकेको हो । सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरुसमेत बैठकले टुङ्गाएको छ ।


शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाललाई चयन गरेको हो । त्यस्तै सातवटा प्रदेशमा थप दुई–दुईजना सहइन्चार्ज तोकेको छ ।
यसअघिनै सात प्रदेशमा एक÷एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन–तीनजना सहइन्चार्ज रहनेछन् । जसमा प्रदेश १ मा नरेश खरेल शेरधन राई, २ मा नागेन्द्र चौधरी, महेन्द्र पासवान,
३ मा काशीनाथ अधिकारी, हितमान शाक्य, गण्डकी प्रदेशमा यशोदा सुवेदी , किरण गुरुङ, ५ नम्बरमा कुल प्रसाद केसी बैजनाथ चौधरी, कर्णाली प्रदेशमा कालिबहादुर मल्ल, प्रकाश ज्याला, सुदुरपश्चिम प्रदेशमा खगराज भट्ट, भानुभक्त जैसीलाई सहइन्चार्ज तोकिएको छ ।

बामदेवलाई उपाध्यक्ष प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वामदेव गौतमलाई उपाध्यक्ष बनाउनका लागि संयुक्त प्रस्ताव गरेका छन् ।
सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरिएका हो । ‘बामदेवजीलाई उपाध्यक्ष बनाउन दुबै अध्यक्षको प्रस्ताव बैठकमा प्रस्ताव भएको थियो, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । अध्यक्षद्वयबाटै बैठकमा प्रस्ताव भएपछि सचिवालयले स्थायी समितिमा लगेर निर्णय गर्ने भएको छ ।
संगठन विभागको प्रमुखको जिम्मेवारी पाएका गौतमलाई यसअघि डोल्पा र काठमाडौँ–७ को उपनिर्वाचनमार्फ प्रतिनिधिसभामा लैजाने तयारी भएको थियो ।
तर, त्यसबेला सम्भवः नभएपछि शुक्रबारको सचिवालय बैठकमा गौतमलाई संगठन विभागसहित उपाध्यक्षको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । गौतमलाई वरिष्ठताका आधारमा उपाध्यक्ष बनाउने तर्क अध्यक्षद्वय ओली र दाहालले गरे पनि पोर्टफोलियोका बारेमा भने केही उल्लेख गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *