- Advertisement -spot_img
Monday, April 19, 2021
Homeसमाजटिकाउ र दिगोपन शिक्षामा जोड

टिकाउ र दिगोपन शिक्षामा जोड

- Advertisement -spot_img

देउखुरी, १६ जेठ । आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तर्जुमा गर्दा सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा टिकाउ र दिगोपना शिक्षा हुनुपर्नेमा केन्द्रित रहनुपर्ने एक कार्यक्रमका सहभागीहरुले लमही नगरपालिकालाई सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्ष नगरपालिकाले तर्जुमा गर्ने नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न बुधबार नगरपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागीहरुले त्यस्तो सुझाव दिएका हुन् ।
विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा प्रारम्भिक कक्षाका बालबालिकाको लागि दिवा खाजाको व्यवस्था गरिनुपर्ने, सबै विद्यालयहरुमा न्यूनतम सूचना प्रविधिका सामग्री र ती सामग्री सञ्चालनको लागि नियमित तालिमको व्यवस्था गरिनुपर्ने समेत सहभागीले सुझाव दिएका छन् ।
विद्यालयको प्रधानाध्यापक र शिक्षकलाई नै बढी जिम्मेवार बनाउने, शिक्षक नियुक्तिका लागि नगरपालिकाले आफ्नो छुट्टै मापदण्ड निर्धारण गर्नुपर्ने, मनोविद्बाट शिक्षक, विद्यार्थी एवं अभिभावकको लागि निरन्तर परामर्शको व्यवस्था,
नगरपालिकाको छुट्टै शिक्षक तालिम सेन्टरको स्थापना र आवश्यकतामा आधारित पुनर्ताजगी तालिमको व्यवस्था गरिनुपर्ने सुझाव प्राप्त भएको नगरपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
सबै कक्षामा विषयगत शिक्षकको व्यवस्थापन, मुख्य पाठ्यक्रमसहित जीवनोपयोगी स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन, विद्यालयमा लामो बिदा हुँदा मुख्य–मुख्य विषयहरुमा कोचिङ कक्षाको व्यवस्थापन, नियमित र प्रभावकारी विद्यालय अनुगमन,
सबै विद्यालयका प्रारम्भिक कक्षाहरुमा शैक्षिक सामग्रीको पहुँच र छापामय कक्षाकोठाको व्यवस्थापन, शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्थासहितका योजना निर्माण गरिनुपर्ने सुझाव प्राप्त भएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रविन्द्र क्षेत्रीले बताए ।
कम्प्युटरको शिक्षणलाई प्रभावकारी बनाउन एवं प्रयोगात्मक कक्षालाई सहयोग पु¥याउने गरी विद्यालयहरुमा कम्प्युटर, न्यूनतम भौतिक पूर्वाधार,
वाससहितको शौचालय, शुद्ध पिउने पानीको व्यवस्थापनसहितका कार्यक्रमको लागि समेत सुझाव प्राप्त भएको क्षेत्रीले जानकारी दिए । सबै विद्यार्थीहरुको व्यक्तिगत फाइल खडा गरी निरन्तर मूल्यांकन गरिनुपर्ने,
विद्यार्थीहरुलाई गृहकार्यको मात्रामा कमि गरी कक्षा कार्यलाई जोड दिने खालको नीति लिइनुपर्नेलगायतका सुझाव सहभागीले दिएका छन् ।
नगर प्रमुख कुलबहादुर केसीले कार्यक्रममा प्राप्त भएका सुझावहरुलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरिने र सुझावले आफूहरुलाई अगाडि बढ्न थप हौसला प्राप्त भएको बताए ।
कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शेरबहादुर गिरी, स्वर्णिम क्याम्पसका प्रमुख डा जीवराज आचार्य, शिक्षा समिति सदस्यहरु जागेश्वर घिमिरे, विनय घिमिरे, मनिराम केसी, शशिधर ज्ञवाली,
पूर्व शिक्षक दामोदर पाण्डेलगायत कार्यक्रममा सहभागी सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले सुझाव दिएका थिए । नगरप्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्री र प्राविधिक सहायक बासुदेव खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here