- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरटिकट बिक्रीबाट १४ लाख

टिकट बिक्रीबाट १४ लाख

- Advertisement -spot_img

तुलसीपुर, ४ साउन ।
ईलाका हुलाक कार्यालय तुलसीपुरले गएको आर्थिक बर्षमा टिकट बिक्रीबाट १४ लाख बढी राजस्व संकलन गरेको छ । हुलाक कार्यालय तुलसीपुरले गएको आर्थिक बर्ष २०७४÷०७५ को एक बर्षको अवधिमा टिकट बिक्रीबाट १४ लाख बढी संकलन भएको हो । साउन महिनादेखि असार मसान्तसम्म हुलाक टिकट बिक्रीबाट १४ लाख ४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हुलाक कार्यालयकी तुलसीपुरकी कार्यालय प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।
साउन महिनामा मात्र हुलाक टिकटबाट १ लाख २२ हजार ३ सय राजस्व संकलन भएको छ । यसैगरी भदौ महिनामा १ लाख ७० हजार ५ सय राजस्व संकलन कार्यालय प्रमुख भण्डारीले बताइन् । उनका अनुसार चालु आर्थिक बर्षको असोज महिनामा टिकट बिक्रीबाट १ लाख १२ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै चालु आर्थिक बर्षको कार्तिकमा २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मंसिर महिनामा टिकट बिक्री गरेबापत ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आर्थिक बर्षको पुस महिनामा टिकट बिक्री गरेर १ लाख २९ हजार ९ सय रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिइन् । यस्तै माघ महिनामा हुलाक टिकट बिक्री गरेर ६८ हजार ५ सय रकम राजस्व संकलन गरिएको छ । फागुनमा १ लाख २६ हजार ५ सय राजस्व संकलन गरिएको छ । चैत महिनामा १ लाख २२ हजार ९ सय रुपैयाँ संकलन भएको छ भने बैशाख महिनामा १ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख भण्डारीको भनाइ छ । यस्तै जेठ महिनामा १ लाख २५ हजार ५ सय र असार महिनामा १ लाख २१ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको हुलाक कार्यालयकी प्रमुख भण्डारीले बताइन् । हुलाक टिकटको मूल्य १ रुपैयाँदेखि ५० रुपैयाँसम्मको हुने हुलाक कार्यालय तुलसीपुरमा प्रति टिकट १ देखि २५ रुपैयाँसम्मको रहेको भण्डारीले जानकारी दिइन ।

साढे १२ हजार बढी चिठी

आर्थिक बर्ष २०७४÷०७५ को एक बर्षको अवधिमा साढे १२ हजार बढी चिठी प्राप्त भएका छन् । गत साउन महिनादेखि असार मसान्तसम्म कार्यालयमा १२ हजार ६ सय ६९ वटा साधारण चिठी प्राप्त भएको हुलाक कार्यालय तुलसीपुरकी प्रमुख मञ्जु भण्डारीले जानकारी दिएकी छन् । हुलाक कार्यालयमा पहिलेको तुलनामा आजभोलि कम मात्रामा चिठी आउने गरेको उनले बताएकी छन् । उनले भनिन्, पहिले चिठी आदान प्रदान गर्ने सञ्चारको माध्यम भनेको हुलाक थियो तर आजभोलि सामाजिक सञ्जाल र ईमेल इन्टरनेटका कारण सरकारी कार्यालयको चिठी बढी मात्रामा आउने गर्छ । व्यक्तिगत चिठी पनि आउँछ तर व्यक्तिगत चिठीमा विशेषगरी विदेशबाट आउने सामानको लागि आउँछ र यहाँबाट विदेश सामान पठाउनको लागि चिठी आउने गर्दछ । यस्ता खालका चिठीहरु बार्षिक २ सयदेखि २ सय ५० वटासम्म आउने गरेको छ ।
सरकारी कार्यालयका चिठीहरु दिनमा ३५ देखि ४० वटा चिठी आउने गरेका छन् । व्यक्तिगत चिठी भने दिनमा २÷३ वटा मात्र आउने गरेको उनले जानकारी दिइन् । आर्थिक बर्ष २०७४÷०७५ को साउन महिनामा ५ सय ४० वटा चिठी प्राप्त भएको थियो । भदौ महिनामा ९ सय ३ वटा साधारण चिठी कार्यालयमा प्राप्त भएको थियो भने रजिष्ट्री चिठी २ सय ३१ वटा प्राप्त भएको थियो । भदौ महिनामा ६ सय ८४ वटा चिठी कार्यालयमा दर्ता भएको थियो । जसमध्ये ५ सय ८९ वटा कार्यालयबाट अन्यत्र पठाइएको प्रमुख भण्डारीले जानकारी दिइन् ।
असोजमा साधारण चिठी १२ सय ७८ वटा आएकोमा ८ सय ३ वटा चिठी कार्यालयबाट अन्यत्र पठाइएको थियो । रजिष्ट्री चिठी ४ सय ६७ वटा चिठी आएकोमा ४ सय ५६ अन्यत्रै पठाइएको छ भने कार्यालयबाट ३ सय २४ वटा चिठी वितरण गरिएको छ । यस्तै कार्तिक महिनामा साधारण चिठी ५ सय ४९ वटा चिठी आएकोमा ३ सय ७१ वटा चिठी कार्यालयमा दर्ता भएका थिए । कार्यालयबाट साधारण चिठी १ सय ६९ वटा चिठी वितरण गरिएको थियो । कार्तिकमा मात्रै साधारण चिठी कार्यालयबाट २ सय ५९ वटा चिठी अन्यत्र पठाइएको कार्यालय प्रमुखले बताइन् । यस्तै रजिष्ट्री चिठी ६ सय ९२ आएकोमा ६ सय ३० वटा चिठी कार्यालयमा दर्ता भएका थिए । रजिष्ट्री चिठी कार्यालयबाट ३ सय ५९ वटा वितरण गरिएको बताइन् । मंसिर महिनामा साधारण चिठी ६ सय २० वटा आएकोमा २ सय ५३ वटा दर्ता भएको थियो । उनका अनुसार अन्यत्र पठाएको चिठीको संख्या ४ सय ९५ वटा रहेको छ । कार्यालयबाट भने १ सय ३२ वटा चिठी वितरण गरिएको थियो । रजिष्ट्री चिठी ४ सय १९ वटा चिठी आएकोमा ४ सय ३९ वटा दर्ता भएको थियो । कार्यालयबाट भने २ सय ३८ वटा चिठी वितरण गरिएको थियो । उनका अनुसार पुस महिनामा मात्र अन्यत्रबाट आएको साधारण चिठीको संख्या १ हजार ५ रहेकोमा ६ सय १४ वटा दर्ता भएको थियो । यस्तै साधारण चिठी ६ सय ७१ वटा अन्यत्र पठाइएको थियो भने कार्यालयबाट १ सय ८७ वटा चिठी वितरण गरिएको थियो । माघ महिनामा साधारण चिठी ८ सय ३९ वटा चिठी आएको थियो । ३ सय ५० वटा चिठी कार्यालयमा दर्ता भएको थियो भने कार्यालयबाट १ सय १७ वटा वितरण गरिएको थियो । रजिष्ट्री चिठी भने ३ सय ४० वटा आएकोमा २ सय ५ वटा चिठी कार्यालयबाट वितरण गरिएको भण्डारीको भनाई छ । फागुन महिनामा दाङबाट साधारण चिठी ८ सय ३९ वटा आएकोमा ५ सय वटा दर्ता भएको थियो । अन्यत्र पठाएको चिठीको संख्या ७ सय ९६ वटा रहेको छ । कार्यालय प्रमुख भण्डारीका अनुसार चैत महिनामा १ हजार ३ सय वटा चिठी प्राप्त भएको थियो भने ६ सय ९४ वटा चिठी कार्यालयमा दर्ता भएको थियो । एक हजार ५८ वटा कार्यालयबाट अन्यत्र पठाइएको छ भने २ सय ८७ वठा वितरण गरिएको छ । बैशाख महिनामा कार्यालयमा ८ सय ७३ वटा साधारण चिठी प्राप्त भएकोमा ५ सय ६१ वटा वितरण गरिएको थियो । यस्तै रजिष्ट्री ५ सय ५३ वटा आएकोमा २ सय ५५ वटा वितरण गरिएको थियो । जेठ महिनामा ८ सय ७५ वटा साधारण चिठी प्राप्त भएकोमा ३ सय ४५ वटा रजिष्ट्री चिठी प्राप्त भएको थियो । साधारण चिठी ४ सय ४५ वटा अन्यत्र पठाइएको भियो भने ४ सय ४१ वटा रजिष्ट्री चिठी पठाइएको थियो । असार महिनामा कार्यालयमा ८ सय ९९ वटा साधारण चिठी प्राप्त भएको थियो भने ३ सय ५६ वटा अन्यत्र पठाइएको छ र १ सय ५४ वटा वितरण गरिएको छ । यस्तै रजिष्ट्री चिठी ८ सय २१ वटा आयात भएको थियो भने ८ सय ८९ वटा निर्यात गरिएको ईलाका हुलाक कार्यालयकी प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन्  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here