टालटुलमै डेढ करोड

फिचर मुख्य खबर

नेतालाई उपभोक्ता समितिको जिम्मा …
तुलसीपुर, १९ साउन । पार्टीका नेतालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम दिदा तुलसीपुरमा आर्थिक वर्ष ०७५÷७६ को सडक मर्मत कार्य टालटुलमा मात्रै सीमित भएको छ । टालटुल त्यो पनि उम्केको ठाउँ बाँकी राखेर र कतिपय स्थानमा हेलिप्याटजस्तै गरेरसमेत टालटुल गर्दै ढेढ करोड रुपैयाँ सकिएको छ ।
बजार क्षेत्रका सडक कालोपत्रे गर्ने गरी उपभोक्ता समितिमार्फत गरिएको कालोपत्रे वर्षा नसकिदै कति स्थानमा उम्कनसमेत सुरु भइसकेको छ । उपभोक्ताको नाममा पार्टीका जिल्ला सदस्य, वडा इकाई अध्यक्ष तथा आफ्ना कार्यकर्तालाई जिम्मा दिदा काम गुणस्तरहीन भएको गुनासो आम नागरिकहरुले गर्न थालेका छन् ।
तुलसीपुर उपमहानगरले करिव डेढ करोडको लागतमा गएको आर्थिक वर्षमा नगरभित्रका सडक टालटुल गरेको छ । वडा नम्बर ५, ६ र १२ मा यो योजना लागू भएको र तीनवटै वडाको विकासको काम नेताले लिएको पाइएको छ । जेठमा आएर निर्माण थाल्ने र टालटुल गरेर रकम पचाउने परिपाटी हावी भएपछि काम निर्माणले समेत पूर्णता पाउन नसकेको देखिएको छ ।

उपभोक्ताको नाममा पार्टीका जिल्ला सदस्य, वडा इकाई अध्यक्ष तथा आफ्ना कार्यकर्तालाई जिम्मा दिदा काम गुणस्तरहीन भएको गुनासो आम नागरिकहरुले गर्न थालेका छन् ।

तुलसीपुर बजार क्षेत्रभित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारअन्र्तगत सडक वोर्ड नेपालको संयुक्त लगानीमा सुरु गरिएको सडक मर्मत कार्य गत बैशाख महिनादेखि सञ्चालन भएको थियो ।
उपमहानगरपालिकाकोे ३० लाख ६८ हजार ३ सय ९७ रुपैयाँ र सडक बोर्ड नेपालको ७० लाख रुपैयाँ गरी कुल १ करोड ६८ हजार ३ सय ९७ रुपैयाँ ९८ पैसामा सडक मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।
असार मसान्तसम्ममा बजार क्षेत्रसँग जोडिएका सडकको स्थिति सुधार गरिसक्ने गरी कामको सुरुवात गरिएको भएपनि नेता ठेकेदार बन्दा काम पूरा भएन ।
तोकिएको समयमै मर्मत कार्य सम्पन्न गरिसक्नु पर्ने भएपनि प्रदेश सरकारले रकम विनियोजन गर्न ढिला गरेको कारण यसको प्रत्यक्ष असर भने अहिले पर्दै आएको विविध कारणले काम सम्पन्न गर्न ढिलाई भएको तुलसीपुर उपमहानगरका सव–इन्जिनियर खड्क बहादुर विश्वकर्माले बताए ।
‘बजार क्षेत्रमा खाल्डाखुल्डी पुर्ने काम पूरै सम्पन्न भएको छैन’ उनले भने ‘प्रदेश सरकारले बजेट पठाउन ढिला ग¥यो, त्यसैले काम समयमै सुरु हुन नसक्दा थोरै काम बाँकी रहेको छ ।’
आम नागरिकको सडक सुरक्षालाई मध्यनजर गर्दै मर्मत कार्य सञ्चालन गरेको भएपनि २५ प्रतिशत सडक मर्मत कार्य वर्षातको कारण प्रभावित भएको उनको भनाई छ ।
प्रदेश सरकार र स्थानीय सरकारको संयोजनमा सञ्चालन भएको खाल्डाखुल्डी मर्मत कार्यका लागि छुट्याईएको बजेटमध्ये वडा नम्बर ५ को सडक मर्मत सम्भारका लागि ३३ लाख ८६ हजार ८ सय ५६ रुपैयाँ ७४ पैसा बजेट छुट्याईएको छ । वडा नम्बर ६ अन्र्तगत पर्ने सडकका खाल्डाखुल्डी मर्मतका लागि ३८ लाख ६२ हजार ५ सय २२ रुपैयाँ २१ पैसा विनियोजन गरिएको छ ।
त्यस्तै वडा नम्बर १२ का सडक मर्मतका लागि १३ लाख ११ हजार, १ सय १६ रुपैयाँ ८० पैसा बजेट छुट्याईएको छ । त्यसैगरी बजार क्षेत्रसँग जोडिएको रामकृष्ण टोलको सडक मर्मत एवं सुधारका लागि ५ लाख ७ हजार ८ सय ४२ रुपैयाँ २३ पैसा बजेट छुट्याईएको विश्वकर्माले बताए । सबै सडकका उपभोक्ता समितिको नेतृत्व राजनीतिक दलका नेताले लिएका छन् । नेता उपभोक्ता समितिको अध्यक्ष बन्ने र त्यो काम ठेक्कामा दिने गरेका छन् ।

को–कोे छन टालटुल समितिमा

बजार क्षेत्रसँग प्रत्यक्ष जोडिएका वडा नम्बर ५, वडा नम्बर ६ र वडा नम्बर १२ मा पर्ने सडकका खाल्डाखुल्डी व्यवस्थापन तथा सकड सुधारका लागि उपमहानगरले विभिन्न निर्माण समिति गठन गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का सडकहरु मर्मत उपभोक्ता समितिको अध्यक्ष नेकपामा वडा कमिटी अध्यक्ष यज्ञबहादुर बस्नेत जिम्मा पाएका छन् ।
उनकै अध्यक्षतामा समिति गठन गरियो । काम गर्दा उनी र उनले जिम्मा दिएको ठेकेदारबाहेक अरु सडकमा देखिएनन् । बस्नेत नेकपाका वडा कमिटि अध्यक्ष भएकै कारण उपभोक्ता समितिको अध्यक्ष पाएको आरोप लागेको छ ।
वडा नम्बर १२ मा छवि चौधरी निर्माण समिति अध्यक्ष बनेका छन् । उनी नेकपाको जिल्ला सदस्य हुन् । वडा नम्बर ५ मा सुनिल डाँगीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । उनी तरुण दल वडा इकाईका अध्यक्ष हुन् ।
वडा नम्बर ६ अन्तर्गतको समितिका अध्यक्ष बस्नेतले छुटेका खाल्डा पूरा गर्ने बताए । उनले मर्मत टालटुललगायतको स्टिमेट भएकालेले त्यही अनुसार काम गरेको बताए । बस्नेतले ठेकेदारमार्फत काम गरिरहेका बताए । उनले कामको गुणस्तर कायम गर्ने लागेको समेत दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *