- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरझुक्याएर विवाह गर्नेको संख्या बढ्दै

झुक्याएर विवाह गर्नेको संख्या बढ्दै

- Advertisement -spot_img

घोराही, १ साउन ।
पछिल्लो समयमा दाङमा झुक्याएर विवाह गर्नेको संख्या बढ्दै गएको छ । दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीस हेमन्त रावलले अदालतमा पछिल्लो समय झुक्याएर विवाह गरेको भन्दै सम्बन्ध विच्छेद गर्न आउनेको संख्या बढेर गएको बताएका छन् ।
अदालतमा पर्ने सबैभन्दा बढी मुद्दा सम्वन्ध विच्छेदको नै पर्ने गरेको छ । कामको शिलशिला गृह जिल्ला बाहिर जाने र त्यही झुक्याएर दोस्रो विवाह गरेको, समलिङ्गी तथा तेस्रो लिङ्गीहरुले पनि झुक्याएर विवाह गर्ने गरेको र पछि महिलाले थाहा पाएपछि सम्बन्ध विच्छेद गरिपाउँ भन्नेको उजुरी पर्न थालेको उनले बताए ।
‘पहिले अदालतमा श्रीमानले खान दिएन्, घरमा बस्न दिएन् भनेर सम्वन्ध विच्छेदको मुद्दा पर्ने गर्थे’ अदालतका मुख्य न्यायाधीस रावलले भने ‘ईजालासमा सम्बन्ध विच्छेदको वहस गर्ने क्रममा झुक्याएर विवाह गरेको भनेर मुद्दा आउने गर्छन् ।’
कानुनी हकमा महिलाको पक्षमा सम्वन्ध विच्छेदको कानुन बनेपनि सामाजिक रुपमा सकारात्मक भए नभएको विषयमा सोच्नुपर्ने अवस्था आएको उनले बताए । उनले कार्यक्रममा अदालतमा हाल सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदको पर्ने गरेको जानकारी दिए ।
गत आर्थिक वर्ष २०७४÷०७५मा भए गरेका कामहरुको वारेमा जानकारी गराउने क्रममा अदालतका मुख्य न्यायाधीस रावलले यस्तो बताएका हुन । अदालतमा गत आर्थिक वर्षमा २ हजार ५ सय मुद्दा दर्ता भएको छ जसमध्ये सबैभन्दा बढी सम्वन्ध विच्छेदको परेको उनले बताए । गत आर्थिक वर्षमा ६ सय ४० वटा सम्बन्ध विच्छेदका मुद्दा परेको बताउँदै ति मध्ये ४ सय ९५ वटा मुद्दा फछ्र्याैट भएको र १ सय ४५ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ ।
त्यस्तै अदालतमा ५६ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । त्यसमध्ये २५ वटा मुद्दा फछ्र्यौट भएको छ भने ३१ वटा जबरजस्ती करणीको मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । त्यस्तै २८ वटा लागूऔषधको मुद्दा परेका थिए भने त्यसमध्ये १३ वटा फछ्र्र्चौट भइसकेका छन् भने १५ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ । अदालतका मुख्य न्यायाधीस रावलका अनुसार दुईवटा मानव बेचविखन तथा ओसारपसार, तीनवटा घरेलु हिंसाका मुद्दा परेको उनले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here