Saturday, April 20, 2024
Homeमुख्य खबरझरिले हराइदियो भोक, निन्द्रा

झरिले हराइदियो भोक, निन्द्रा

- Advertisement -spot_img

तुलसीपुर, २४ असार । गत वर्ष जस्तै यो वर्ष फेरी पनि वर्षा सुरु भयो । एकातिर सबै खेतीपातीमा व्यस्त देखिन्छन् । पानी परेकै कारण किसानहरुको मुहारमा खुसी देखिन्छ ।
अर्कोतिर भने वर्षातको कारण न त दिनका भोक लाग्छ न त रातमा निन्द्रा नै । पारिवारीक समस्यामा अल्झिएर बसेका मजदुर र आफ्नो बास र गासको पीडा र समस्या भएका व्यक्तिहरु खुलेर समस्या देखाउन सकिदैन ।
घरको छानो कमजोर हुँदा हरेक वर्षको हावाहुरी र झरीमा भिज्दै रात बिताउनु, काम गर्ने वातावरण नमिल्दा श्रमिक मजुदरहरु भोकै बस्नुपर्ने अवस्था छ । वर्षातको हावाहुरीसँगै भारी वर्षात हँुदा हरेक नागरिक क्रसित हुन्छन् नै । तर नुन तेलको जोहो र ओतको व्यवस्थापन गर्न नसक्नेहरुका लागि वर्षातको समय निकै कठिन बन्दै गएको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र बसोवास गर्ने कतिपय परिवारहरु घरको आर्थिक अवस्थाकै कारण चुहिने छानोको ओतमा आफ्नो जीवन गुजारीरहेका छन् । पारिवारीक अवस्था कमजोर भएकै कारण विगत केही वर्षदेखि चुहिएको छानो फेर्न नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का कमला कुमालले बताईन् ।
दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने गरेकी उनी घरवास मर्मत गर्न नसक्दा चुहिने छानोमै बस्न बाध्य भएको सुनाउँछिन् । साँझ बिहान अर्काको काम गर्न जान्छु, त्यहाँबाट आएको पैसाले नुन तेल किन्ने गर्छु कहिले त त्यहि पनि पुग्दैन उनले भनिन् ‘घरको छानो फेर्न झन कसरी सक्नु ?’ एक छोरा र श्रीमानसहित परिवारमा बस्दै आएकी कुमाल श्रीमानको कमाईको कुनै आश र भरोसा नरहेको बताउँछिन् ।
परिवार कसरी व्यवस्थित गराउनुपर्छ ? भन्ने विषयमा श्रीमानले कुनै ध्यान नदिदा वर्षातको समयमा छानो चुहिएर भएको घर पनि भत्किने हो कि भन्ने क्रास उत्पन्न हुने गरेको उनको भनाई छ ।
वर्षातको समयमा दिनरात पानी परिरहन्छ, काम नभएपछि मुखमा माम कसरी लाउने ? तुलसीपुर–५ निवासी लक्ष्मी चलाउनेको भनाइ छ । दिनभर काम गरेकै भरमा परिवारको खर्च धान्दै आएकी चलाउने पानी परेपछि कुनै काजकमाई नभएको बताउँछिन ।
यसैगरी आर्थिक जोहो गर्ने बाटोे ज्याला मजदुरी भएको बताउने तुलसीपुर–५ कै जीवराज विकले झरी र वर्षाका कारण श्रमिकहरुलाई नुन तेलको जोहो गर्न कठिनाई भएको पीडा सुनाए । खेतीपाती गर्ने किसानहरुका लागि चाडपर्व आएसरी भएपनि आफूजस्ता श्रमिकहरुका लागि भने वर्षायामले दिनको भोक र रातको निन्द्रा हराएको बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here