झण्डा प्रिन्ट गरेको भन्दै पक्राउ

मुख्य खबर

सल्यान, ३ भदौ । सल्यानमा विप्लव नेकपाको ब्यानर छापेको भन्दै एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका श्रीनगर सल्यानमा केसी डिजिटल आर्ट सञ्चालन गरेर व्यवसाय गर्दै आएका हरि केसीलाई प्रहरीले विप्लव नेकपाको ब्यानर छापेको भन्दै पक्राउ परेको हो ।
गत आइतबार मन्दिरको जग्गामा विप्लव समूहका कार्यकर्ताले गाडेको झण्डा तथा ब्यानर निर्माण गरिएको भनी उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
ति ब्यापारी उक्त पार्टीमा संलग्न भएको वा मुनाफाको लागि गरिएको त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष वीरबहादुर चलाउनेले आफ्नो ब्यापार, ब्यवसाय गरिरहेका व्यापारीलाई विनाकारण पक्राउ गर्न नहुने बताए । विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सामान बेच्ने तथा ब्यानर प्रिन्ट गर्ने व्यापारी पक्राउ परेको यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *