Saturday, March 23, 2024
Homeअर्थज्योति विकास बैंकमा एटिएम सेवा

ज्योति विकास बैंकमा एटिएम सेवा

- Advertisement -spot_img

तुलसीपुर, ७ कार्तिक ।
ज्योति विकास बैंक तुलसीपुरले एटिएम सेवाको सुरूवात गरेको छ । बिहीबार बैंकको तुलसीपुर शाखामा एटिएम सेवाको शुभारम्भ गरेको हो । सेवाको शुभारम्म तत्कालिन राप्ती भेरी विकास बैंकका पूर्व सञ्चालक सदस्य तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले गरेका थिए ।
उनले बैकले आधुनिक सेवालाई आत्मसात् गरेको भन्दै खुसीसमेत व्यक्त गरे स्थानीय उपभोक्ताहरूको सेवालाई मध्यनगर गरेर सुरू गरिएको सेवालाई निरन्तरता पाउनुपर्ने बताए ।

ज्योतिको एटिएम भिसा कार्डबाट देशका सबै बैंक तथा विदेशी देश भारत र भुटानका बैंकबाट समेत पैसा निकाल्न सकिने शाखा प्रबन्धक डिल्लीबहादुर खत्रीले जानकारी दिए । बैंकको तुलसीपुरमा शाखा स्थापना भएको १० वर्षपछि दाङमा पहिलो एटिएम सेवा तुलसीपुरबाट सुरू गरिएको बताए । १ सय २ बैंक शाखा रहेको ज्योति विकास बैंकले ४५ शाखाबाट एटिएम सेवा दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here