Thursday, March 28, 2024
Homeफिचरज्ञानमहायज्ञमा १० लाख संकलन

ज्ञानमहायज्ञमा १० लाख संकलन

- Advertisement -spot_img

तुलसीपुर, ४ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१९ मा बाँसगढीमा जारी श्रीमद्भागवत ज्ञानमहायज्ञमा आइतबारसम्म १० लाख बढी दान संकलन भएको छ । महायज्ञ मूलआयोजक समितिका आर्थिक संयोजक नवीन कुमार पोख्रेलका अनुसार आइतबारसम्म १० लाख ६ सय ३३ दान संकलन भएको छ ।
महायज्ञमा आइतबारसम्म सबैभन्दा बढी ज्ञानमहायज्ञ मुल आयोजक समितिका संयोजक भाष्कर मजगैयाँ र उनकी धर्मपत्नी भावना मजगैयाँले १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका छन् ।
ज्ञानमहायज्ञमा तुलसीपुर उपमहानगरपालिका–१९ ग्वारोलाका लक्ष्मण योगीले स्वर्गीय श्रीमती नन्दकली योगीको स्मृतिमा १ लाख १ रूपैयाँ दान सहयोग गरेका छन् ।
त्यस्तै जयश्री हनुमान इट्टा उद्योगबाट ५१ हजार ५ सय ५, हनुमान म्यानुफ्याक्चरिङ कम्पनी प्रालिबाट ५१ हजार ५ सय ५, नेपाल संस्कृत विश्वविद्यालयबाट ३१ हजार १ सय ११, ऋषिराज शर्मा पौडेलबाट ३० हजार ५५, भरतराज शर्माबाट २५ हजार ५ सय ५५, गणेश इट्टा उद्योगबाट २५ हजार ५ सय, शिव इट्टा उद्योगबाट २५ हजार ५ सय, ईश्वर पोख्रेल र मुन्नादेवी पोख्रेलबाट २५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको आर्थिक संयोजक पोख्रेलले बताए ।
त्यस्तै प्रेमबहादुर पुनबाट २१ हजार १ सय ११, केशवराज शर्मा पौडेललेबाट २० हजार १ सय ५, श्रीधर शर्मा मजगैयाँले २० हजार ५ सहयोग प्राप्त भएको छ । महायज्ञमा आइतबारमात्र २ लाख ६८ हजार ४ सय ५२ संकलन भएको आर्थिक संयोजक पोख्रेलले जानकारी दिए ।
मन्दिरमा आधुनिक धर्मशाला निर्माण गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको उनले बताए । महायज्ञमा दैनिकजसो दानदाता बढ्दै गएका छन् । महायज्ञको प्रमुख कथाबाचकमा रामचन्द्र तिमल्सिना र उपवाचकमा १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here