ज्ञानज्योतिलाई फुटसलको उपाधी

मुख्य खबर समाज

तुलसीपुर, २७ जेठ । दाङको तुलसीपुरमा सञ्चालित अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगितामा २०७६ को उपाधी पब्लिक ज्ञानज्योती तुलसीपुरले जितेको छ ।
तुलसीपुर युथ क्लवको आयोजनामा अरनिको खेल मैदानमा सञ्चालित प्रतियोगिताको फाईनलमा गोरखा मावि तुलसीपुरलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञानज्योतिले उपाधी जितेको हो ।
उपाधीसँगै ज्ञानज्योतिले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा पराजित गोरखा भने उपबिजेता बन्दै नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।
खेलको पहिलो हाफमा गोलरहित बराबरी भएपनि दोस्रो हाफको सुरुवातमै पब्लिक ज्ञानज्योतिका हरि बुढामगरले पहिलो र १२आँै मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २–० को जित दिलाउन सफल भए । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा रेफ्री शिवहरी शर्मा र प्रकाश विश्वकर्मा रहेका थिए ।
विद्यालयस्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय गरी २० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोह क्लवका अध्यक्ष बरुण कुमार श्रेष्ठको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा खेलकुद संयोजक अमर नेपाली माईकलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन भूपेश डाँगीले गरेका थिए ।े

Leave a Reply

Your email address will not be published. Required fields are marked *