ज्ञानज्योतिमा बिदाई कार्यक्रम

समाज

तुलसीपुर, २३ चैत । तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरिएको छ । व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुलाई साँस्कृतिक कार्यक्रमको आयोजना गरेर बिदाई गरिएको हो ।
विद्यार्थी शिवानी शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्राचार्य सुरेन्द्र जिसीले ज्ञानज्योति फाउन्डेसनका रुपमा स्थापित भएको बताउँदै मावि तह उत्तीर्ण भएपनि कलेजमै स्नातक तहको कार्यक्रम सञ्चालन भएको बताए ।
शिक्षाको गुणस्तर वृद्धिका लागि कलेजले विगतदेखि नै विशेष भूमिका खेलेको भन्दै जिसीले विद्यार्थीहरुको नयाँ शैक्षिक यात्रा थप फलदायी होस् भन्ने शुभकामनासमेत दिएका थिए । सहप्राचार्य मनोज केसीले विद्यार्थीमैत्री वातावरण ज्ञानज्योतिको विशेषता भएको बताए । ‘विद्यार्थीलाई हामी घरको वातावरण दिने गर्दछौ’ प्राचार्य केसीले भने ।
कार्यक्रममा बोल्दै शैक्षिक संयोजक शरद गौतमले विद्यार्थीहरुका लागि अनुशासनको महङ्खव धेरै हुने बताउँदै आजको विद्यार्थी सिजनशील हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यार्थी सुवास सुवेदीलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *