घोराही, ६ जेठ ।
एमाले माओवादी एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको राजनीतिमा काँग्रेसको महङ्खवपूर्ण भूमिका रहेको बताएका छन् । ‘पुरानो समाज तथा राजनीति बदल्नको लागि नेपाली काँग्रेसको महङ्खवपूर्ण भुमिका रहेको छ’ उनले भने ‘यदि काँग्रेसले नमनाएको भए पञ्चायत ढल्ने थिएन्, राजतन्त्र ढल्ने थिएन्, संविधान बन्ने थिएन्’ । समाज परिवर्तनमा काँग्रेसको भूमिकाको बारेमा चर्चा गदै ज्ञवालीले भने ‘नयाँ नेपाल निर्माणमा हरेक पार्र्टीले भूमिका निर्वाह गरेका छन्, यहाँ कुनै दुईजना व्यक्तिले मात्र गरेका छैनन् । पुरानो समाज भत्काउन र नयाँ समाज निर्माण गर्नको लागि योगदान दिने हरेक नेतृत्वहरुको एकले अर्कोलाई सम्मानको कदर गर्न जान्नुु पर्ने बताए ।
दङ्गाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीका ३४औँ स्मृति दिवसको अवसरमा आइतबार घोराहीमा आयोजना गरिएको कार्यक्रममा नेता ज्ञवालीले त्यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीमा लाग्ने भनेको सेवा हो की व्यवसाय हो भनेर कम्युनिष्ट नेताहरुलाई प्रश्न गरेका छन् । यदि सेवाको उद्देश्यले कम्युनिष्ट पार्टीमा लागेको हो भने त्यही अनुसारको नेता तथा कार्यकर्ताहरुले त्याग गर्न सकुन् पर्ने उनले बताए ।
नेत्रलाल अभागी स्मृती दिवस
ज्ञवालीले भने ‘मेरो हरेकलाई यो प्रश्न हो ?’ कम्युनिष्टलाई व्यवसायको रुपमा लिएमा लक्ष्यमा पुग्न नसकिने र सेवा हो भने त्याग र तपस्या गर्नु सक्नुपर्ने बताए । माक्सवादी हुनको लागि व्यवहारमा पनि माक्स्वादी हुनुपर्ने भन्दै कुरामा माक्सवादी र व्यवहारमा पुँजीवादीले गर्दा जनताप्रति अन्याय भइरहेको बताए । ‘राजनीतिमा हामी सगरमाथाको चुचुरोमा पुगेका छौँ’ उनले भने त्यो भन्दा पनि अझ बढी चुनौति सगरमाथाको चुचुरोमा चढ्नमा छ ।’ आज कम्युनिष्टहरु एकता हुँदा नेत्रलाल अभागीको एउटा सपना पूरा भएको उनले बताए ।
नेत्रलालको बलिदान, पसिनाले र योगदानले यो परिवर्तनमा भूमिका खेलेको बताए । केन्द्रीय सदस्य मेटमणि चौधरीले लोकतन्त्रलाई बलियो बनाउनको लागि कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताए । कम्युनिष्ट पार्टीले मुलुकको विकास गर्नको लागि महान लक्ष्य र उद्देश्य लिएको बताए । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल आचार्यले परिवर्तन चाहनेले सरकारमा हुने व्यक्ति नेतृत्व पनि स्वीकार गर्न सक्नुपर्ने वताए ।
नेकपा एमालेका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री शुष्मा शर्मा, अखिल नेपाल किसान क्रान्तिकारीका लेखराज रेग्मी, नेकपा माओवादीका केन्द्रीय सल्लाहकार नरबहादुर विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, नेकपा एमाले जिल्ला उपसचिव सुरामणि बेल्वासे, प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, नेकपा एमालेका केन्द्रीय सदस्य शान्ता चौधरी, नेत्रलाल अभागी प्रतिष्ठानका कोषाध्यक्ष शम्भु गौतम, नेत्रलाल अभागीकी श्रीमती विष्णु पौडेलले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकर शुभास पुनले गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले पौडैलले कम्युनिष्ट आन्दोलन देखि समाज परिवर्तनमा महत्वपर्ण भुमिका खेलेको निर्वाहरु गरेको चर्चा गरेका थिए । उनि जस्तो त्यागी, ईमान्दारीता र सहासीको सबै कार्यकर्ताहरुको सिको गर्नु पर्ने उनको सम्मान र योगदानलाई कदर गर्नु पर्ने वताएका थिए ।