जेष्ठ नागरिकलाई ५० प्रतिसत छुट

मुख्य खबर

काठमाडौँ, २ असोज । नेपाल वायुसेवा निगमले जेष्ठ नागरिकलाई भाडामा छुट दिने भएको छ । निगमले आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिसत छुट दिने निर्णय गरेको जनाएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईको एक वर्ष कार्ययोजनामा उल्लेख भए अनुसार ७० वर्ष नाघेका नेपाली नागरिकलाई छुट दिने निर्णय गरी कार्यान्वयनमा लागिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक उडानको भाडामा ५० प्रतिसत छुट दिने निर्णय गरेको बुधबार विज्ञप्ति निकालेर जानकारी गराएको छ । निगमका अनुसार भाडादरमा छुट दिने यस्तो निर्णय असोज १ गतेदेखि नै लागू भएको विज्ञप्तिमा जानकारी गराइएको छ ।
भाडादरमा छुट पाउन जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात पेश गर्नुपर्ने छ । ५० प्रतिशतको यस्तो भाडादरमा छुटको व्यवस्था निगमको कार्यालयबाट उपलब्ध गराइने निगमका सहप्रवक्ता सुलेख मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत कार्यान्व्यन गर्न क्यान्सर पीडितका बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले विज्ञप्तिमा जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *