जेष्ठ नागरिकलाई सामाग्री

समाज

गढवा, २६ असार । गढवा गाउँपालिका वडा नम्बर ५ को कार्यालयले वडाभित्र रहेका बृद्धबृद्धालाई एक कार्यक्रमको आयोजना गरी विभिन्न सामाग्री वितरण गरेको छ ।
वडाभित्र रहेका ८० बर्ष माथिका २५ जना बृद्धबृद्धालाई झुल, हर्लिक्स र एक÷एक थान छाता वितरण गरिएको हो ।
गर्मीको समयमा मच्छरको टोकाइबाट बच्नको लागि झुल, वर्षातको समयमा पानीबाट बच्न छाता र स्वास्थ्यमा सन्तुलन राख्न हर्लिक्स बितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारीले बताए ।
जेष्ठ नागरिक तथा बृद्धबृद्धा शीर्षक अन्तर्गत रहेको २० हजार रकमबाट उक्त सामाग्री वितरण गरिएको वडा सचिव अरुण पन्थीले बताए ।
गढवा गाउपालिका वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको
कार्यक्रममा वडा सदस्य गोविन्द ओली, महिला सदस्य निर्मला परियार, विष्णु कुवर, पल्टुराम यादव, स्थानीय सरोकारवाला, कर्मचारी सञ्चाकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव अरुण पन्थीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *