जेष्ठ नागरिकलाई सम्मान

समाज

घोराही, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा अध्यक्ष राजेन्द्र बुुढाको अध्यक्षता तथा नगरप्रमुुख नरुलाल चौधरीको प्रमुुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ट आतिथ्यतामा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा वडाले जेष्ठ नागरिकलाई ओड्ने सामाग्री र हरलिक्स वितरण गरेको हो । वडाका जेष्ठ नागरिकलाई हरेक वर्ष सम्मान गरिने वडा अध्यक्ष बुुढाले जानकारी दिए । वडाले ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *