- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरजेष्ठ नागरिकलाई विद्यार्थीको फिल्टर सहयोग

जेष्ठ नागरिकलाई विद्यार्थीको फिल्टर सहयोग

- Advertisement -spot_img

तुलसीपुर, २७ बैशाख
हिमाल एकाडेमीका विद्यार्थीहरुले एक कार्यक्रमका बीच तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ११ मा रहेको जेष्ठ नागरिक केन्द्रमा फिल्टर तथा फलफुल वितरण गरेका छन् । ब्रिटिस काउन्सिलको अन्तराष्र्टिय स्कुल अवार्ड परियोजना अन्तर्गत परियोजना सिकाइका लागि विद्यार्थीहरु सो केन्द्रमा पुगी जेष्ठ नागरिक केन्द्रमा २० लिटरको फिल्टर र त्यहाँ रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेका हुन् । विद्यालयका विद्यार्थीहरुले कक्षाकोठाभित्रको सिकाइ अब पूर्ण नहुने भन्दै परियोजना सिकाइले आफूहरुमा व्यबहारिक र नैतिक ज्ञान आर्जनमा थप हौसला मिलेको कक्षा ९ की छात्रा आकृती भण्डारीले बताइन् ।

बृद्धबृद्धाहरु शारिरीक रुपमा कमजोर हुने भएकोले उनीहरुमा रोगको संक्रमण सजिलै सर्नै हुँदा र ८० प्रतिशत रोगहरु दूषित पानीबाट सर्ने भएकोले स्वच्छ, सफा पानी प्राप्त गर्ने उद्देश्यले विद्यार्थीको खाजा खर्चबाट जोगाएको रकमले से सहयोग गरेको विद्यालयका परियोजना शिक्षक भिमलाल मरासीनीले बताएका छन् । विद्यालयले ब्रिटिश काउन्सिलको सहयोगमा आईएसए परियोजनाअन्तर्गत सातवटा शीर्षकमा विद्यार्थीहरुलाई परियोजना कार्य गराउँदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here