Monday, April 15, 2024
Homeमुख्य खबरजेष्ठ नागरिकको दिपावली

जेष्ठ नागरिकको दिपावली

- Advertisement -spot_img

तुलसीपुर, ४ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ स्थित जेष्ठ नागरिक वडा समितिले संविधान दिवस धुमधामका साथ मनाएको छ । चौथो संविधान दिवसको अवसरमा समितिको अगुवाईमा शुक्रबार घर–घरमा दिपावली गरेका छन् ।
यसैबीच समितिको बैठक सम्पन्न भएको छ । जेष्ठ नागरिक वडा समितिका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षता एवं जेष्ठ नागरिकका नगर उपाध्यक्ष तिलकबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी नेपाल वायु सेवा निगमले ७० वर्षदेखि माथिका जेष्ठ नागरिकहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरेकोप्रति धन्यवाद तथा आभार प्रकट गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रिगाउँस्थित शिव मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद डाँगी, जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र बहादुर बस्नेत, जेष्ठ नागरिक वडा समितिका सल्लाहकार चोप बहादुर डाँगीलगायतले जेष्ठ नागरिकको तर्फबाट जेष्ठ नागरिकहरुका लागि रचनात्क कार्यक्रमहरु गर्नुपर्ने सुझाव राखेका थिए । बैठकको सहजीकरण जेष्ठ नागरिक वडा समितिका सचिव गुरुप्रसाद खत्रीले गरेको सुवर्ण डाँगीले जानकारी दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here