- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरजेष्ठ नागरिकका असल छोरा बुहारीलाई सम्मान

जेष्ठ नागरिकका असल छोरा बुहारीलाई सम्मान

- Advertisement -spot_img

घोराही, २४ चैत । जेष्ठ नागरिक सरोकार केन्द्र दाङले असल छोरा बुहारीलाई सम्मान गरेको छ । घरका जेष्ठ नागरिकलाई सम्मानका साथ पालनपोषण र माया ममता दिएर राखेको भन्दै केन्द्रले चार परिवारका छोरा बुहारीलाई सम्मान गरेको हो ।
जेष्ठ नागरिक सरोकार केन्द्र दाङले शनिबार घोराही उपमहानगरपालिका–१६ टेरौटेमा १२औँ वार्षिक साधारणसभाको आयोजना गरी असल छोरा बुहारीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकसहित छोरा बुहारीलाई दोसल्ला ओढाएर र सम्मानले सम्मान गरे । घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी ९२ बर्षिया यमकुमारी शर्माका छोरा नारायण विवश र बुहारी माया शर्मालाई सम्मान गरिएको छ ।
त्यसैगरी केन्द्रले घोराही–४ सुनपुरका ९३ बर्षिया द्रोपता पौडेलका छोरा लेखनाथ पौडेल र बुहारी यमा पौडेल, सुनपुरकै ६८ बर्षिया शारदा घिमिरेका बुहारी राधिका घिमिरे र घोराही–१६ का ९२ बर्षिया बैजन्ती चौधरीका छोरा पतिराम चौधरी र बुहारी खुमा चौधरीलाई असल छोरा बुहारीका रुपमा सम्मान गरेको छ ।
आफ्ना जेष्ठ परिवारलाई घरमै सम्मान र मायासहित पालनपोषण गरेको भन्दै जेष्ठ नागरिकको राम्रोसँग हेरचाह गर्नुपर्छ भन्ने सन्देश दिन केही असल छोरा बुहारीलाई सम्मान गरिएको केन्द्रका अध्यक्ष भूपाल गिरीले बताए । केन्द्रले गतबर्षको साधारणसभामा पनि पाँच परिवारका छोरा बुहारीलाई सम्मान गरेको थियो ।

बुवाआमालाई सम्मान गर्न आग्रह

यसैबीच घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई घरमै सम्मानका साथ बस्ने वातावरण बनाउनु सबै परिवारको दायित्व भएको बताएका छन् । जेष्ठ नागरिक सरोकार केन्द्र घोराही–१६ तेरौटेको १२औँ साधारणसभालाई सम्वोधन गर्दै नगर प्रमुख चौधरीले बुवाआमाको सम्मान, पालनपोषण गर्नु असल सन्तानको कर्तव्य हुने उल्लेख गरे ।
नगर प्रमुख चौधरीले जेष्ठ नागरिकहरु जन्मदाता मात्रै नभई सिप, अनुभव र ज्ञानको समेत भण्डार भएको भन्दै उनीहरुलाई घरमै उचित सम्मानका साथ राख्न आग्रह गरे । सरकारबाट जेष्ठ नागरिकले पाउने अधिकारलाई ग्यारेण्टी गर्न र जेष्ठ नागरिकहरुको जमघटका लागि दिवा सेवा केन्द्र स्थापना गरेर अघि बढिरहेको उल्लेखसमेत गरे ।
केन्द्रका अध्यक्ष भूपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि केन्द्रका निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्माले जेष्ठ नागरिकहरुलाई जिउँदो इतिहासका रुपमा नयाँ पुस्ताले सिक्नु पर्ने बताए । केन्द्रले जेष्ठ नागरिकहरुको हकहितका क्षेत्रमा योगदान पु¥याएको भन्दै केन्द्रका संस्थापक तथा निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्मा, जग्गादाता डा. प्रेमराज लोहनी, केन्द्रका सहसचिव श्यामप्रकाश आचार्य र कार्यालय सहायक हिरा शाहलाई सम्मान गरेको छ ।
त्यसैगरी, अक्षकोष स्थापना गर्ने गौरी लोहनी, अन्य जिन्सी तथा आर्थिक सहयोग गर्नेहरु बोधाकुमारी भण्डारी, तिलक मजगैयाँ, संयोग शाह, नारायणसिंह गुरुङ, मञ्जु गुरुङसहित संस्थाहरु ज्ञानज्योति इन्टरनेशनल फाउण्डेशन, नेपाल एसविआई बैंक, राप्ती अटो इन्जिनियरिङ एसोसिएसनलाई सम्मान गरिएको छ ।
केन्द्रका बरिष्ठ उपाध्यक्ष प्राध्यापक डाक्टर अर्जुनकुमार बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले जेष्ठ नागरिकहरुलाई परिवारले माया र सम्मानका साथ राख्नुपर्ने बताए । कार्यक्रममा सहसचिव श्यामप्रकाश आचार्यले बर्ष दिनका काम र कोषाध्यक्ष भिमलाल श्रेष्ठले आम्दानी र खर्चका बारेमा जानकारी गराएका थिए  ।
यसैबीच कार्यक्रममा घोराही–१४ का नरेन्द्रलाल श्रेष्ठ र लक्ष्मिसिंह श्रेष्ठले १ लाख ५ हजार ५ सय १ रुपैयाँको अक्षकोष स्थापना गरेका छन् । कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष हरिप्रसाद पाण्डेले गरेका थिए । साथै केन्द्रको परिसरमा बनाईएको गौतम बुद्धको मूर्तिको नगर प्रमुख चौधरीले अनावरण गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here