जुनियर युवा रेडक्रस सर्कलको जिल्ला भेला

मुख्य खबर समाज

घोराही, १६ मंसिर । जिल्ला युवा तथा जुनियर रेडक्रस सर्कलको २९औँ जिल्ला भेला कालाकाटेमा भएको छ । नेपाल रेडक्रस जिल्ला शाखा दाङको आयोजना र जनता मावि कालाकाटेको संयोजनमा जिल्ला भेला भएको हो ।
भेलामा जिल्लाका ५७ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । भेलामा सहभागी विद्यार्थीहरुलाई रेडक्रसका सिद्धान्त, ट्राफिक नियम, खानेपानी र सरसफाई, एचआइभी एड्स, रक्तदान, बिपद ब्यबस्थापन लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले हरेक बर्ष युवा तथा जुनियर रेडक्रस सर्कलको जिल्ला भेला गर्दै आएको छ । ३०औँ जिल्ला भेला घोराहीको मावि रझेनामा गर्ने निर्णय गरिएको छ । भेलाको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *