जिल्ला सभाका लागि समिति

मुख्य खबर

घोराही, १४ बैशाख । जिल्ला समन्वय समिति दाङले तेस्रो जिल्ला सभा गर्ने भएको छ । समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जेठ १५ गतेभित्र जिल्ला सभा गर्ने निर्णय गरेको हो । सभाको तयारीको लागि समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।
त्यसैगरेर बैठकले समन्वय कार्यालयको आन्तरिक कोषमा रहेको रकमको कार्यक्रम स्वीकृतको लागि समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा समिति गठन भएको छ ।
कार्यालयको आन्तरिक कोषमा रहेको रकम बाँडफाँडको लागि स्थानीयतहले कार्यक्रम प्रस्ताव तयार गरेर पठाएका छन् । बैठकले जिल्ला समन्वय समितिको कार्यालयमा रहेको बेरुजु शुन्यमा झार्नको लागि समन्वय समितिका प्रमुख नेपालीको संयोजकत्वमा बेरुजु असुल उपर तथा फच्र्याैट समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *