- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरजिल्ला विपद् प्रतिकार्य समूहलाई तालिम

जिल्ला विपद् प्रतिकार्य समूहलाई तालिम

- Advertisement -spot_img

घोराही, १२ जेठ । जिल्ला विपद् प्रतिकार्य समूहका सदस्यहरुलाई तालिम दिइएको छ । नेपाल रेडक्रस सोसाईटी दाङ, जिल्ला शाखाअन्तर्गत सञ्चालित इन्कोर कार्यक्रमको आयोजनामा पाँचदिने जिल्ला विपद् प्रतिकार्य समूहका लागि राहत वितरणसम्बन्धी विषयगत तालिम दिइएको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।
विपद्का घट्नाहरुबाट प्रभावित परिवारहरुलाई व्यवस्थित राहत वितरणका लागि जिल्लास्तरमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।
यसैबीच तालिमको शनिबार समापन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाका सभापति नारायण आचार्यको अध्यक्षमा तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
समापन कार्यक्रममा साझेदारी निकाय डेनिस रेडक्रसका कार्यक्रम संयोजक मनिष ढुंगेल, नेरेसो केन्द्रीय कार्यालय विपद् व्यवस्थापन विभागका वरिष्ठ कार्यक्रम संयोजक एवं तालिम संयोजक दोलख डाँगी र निरु प्रधान र जिल्ला शाखा दाङका सदस्य एवं विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश श्रीवन्दलगायतले तालिम दिएका थिए ।
पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा विपद्का घट्नाहरु घटेपश्चात पीडित हुन पुगेका विस्थापित परिवारहरुलाई अन्तर्राष्ट्रिय मापदण्डको आधारमा तुरुन्तै खाद्य तथा गैर खाद्य सामग्रीहरु व्यवस्थित र पारदर्शी ढंगबाट राहत वितरणका लागि सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको माध्यमबाट ज्ञान सिप सिकाइएको थियो ।
जसबाट दाङ जिल्लामा भविष्यमा पर्न सक्ने विपद्का घट्नाहरुमा घट्ना घटिसके पश्चात् पीडित परिवारहरुलाई तुरुन्तै राहत वितरणको लागि २४ जना व्यक्तिहरु दक्ष जनशक्तिको रुपमा तयार भएका छन् ।
नेपाल एक बहुप्रकोप भएको देशमा कुनै पनि विपद्का घट्नाहरु कुनै पनि समयमा घट्सक्ने भएकोले यस प्रकृतिका सीपमूलक तालिमबाट विपद्को समयमा कार्य गर्नको लागि विपद् पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि तुरुन्तै तालिम प्राप्त दक्ष जनशक्तिहरु
परिचालन भई प्रभावित क्षेत्रमा तुरुन्तै राहत वितरण गरी विपद्बाट हुन सक्ने थप क्षतिलाई कम गराउन सहयोगी भूमिका रहने र सोको पूर्वतयारीका लागि जनशक्ति तयार गर्नु जिल्लाको प्रतिकार्य क्षमतामा टेवा पु¥याउनु सवल पक्ष रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । तालिममा नेपाल प्रहरी, गाउँपालिका,
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तथा उपशाखाहरुका स्वयंसेवकहरु, शिक्षक नायकहरु र समुदायस्तरका स्वयंसेवकहरुको सहभागिता रहेको कार्यक्रम अधिकृत तामाङले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here