- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeखेलकुदजिल्ला लिग र क्विक्स कप फुटबल

जिल्ला लिग र क्विक्स कप फुटबल

- Advertisement -spot_img

तुलसीपुर, ५ असार । दाङमा जिल्ला लिग र क्विक्स कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता २०७६ जारी रहेको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत क्विक्स कपमा जिल्लामा स्थापित ५३ विद्यालय आमनेसामने भईरहेका छन् । त्यस्तै जिल्ला लिगमा १० क्लवबीच भिडन्त चलिरहेको छ ।
क्विक्स कपतर्फ घोराही क्षेत्रमा २२ विद्यालय र जिल्ला लिगमा ५ क्लव छन् भने तुलसीपुर क्षेत्रमा क्विक्स कपतर्फ ३१ विद्यालय र जिल्ला लिगमा ५ क्लवको सहभागिता छ । दुबै प्रतियोगिताबाट सेमिफाइनल यात्रा तय गर्ने घोराही र तुलसीपुर क्षेत्रका २÷२ टिमबीच सेमिफाइनलमा भेट हुनेछ ।
यसैबीच जिल्ला लिगअन्तर्गत बुधबार भएको खेलमा सक्सेस युथ क्लव बिजयी भएको छ । युनाइटेड युथ क्लव तुलसीपुर लाई ३–० गोल अन्तरले हराउँदै सक्सेस युथ क्लव विजयी भएको हो ।
अरनिको मैदानमा भएको खेलको पहिलो हाफको २६आँै मिनेटमा सक्सेसका जर्सी नम्बर ७ का अभिषेक ओलीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
जर्सी नम्बर ९ का अर्जुन नेपालीले २९औँ मिनेटमा थप एक गोल गरे भने जर्सी नम्बर ८ का दुर्गा राजलवटले दोस्रो हाफको ३४औं मिनेटमा गोल गर्दै टिमलाई ३–० को जित दिलाउन सफल भए । यसअघि मंगलबार सम्पन्न खेलमा लक्ष्य युवा क्लव मलवार र टाईगर क्लव दमारगाउ बराबरी खेल्दै एक÷एक अंक बाँडेका छन् ।
यसैबीच लिग फुटबलमा बिहीबार बेलुका सवा ५ बजे लक्ष्य युवा क्लव मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुर भिड्नेछन् । यसैबीच क्विक्स कप अन्तर विद्यालयअन्तर्गत बुधबार जीवनप्रेमी स्कुल तुलसीपुर र राप्ती बाल एकाडेमी बिजयी भएका छन् ।
क्विक्स कपमा बिहीबार बिहान पहिलो खेल सगरमाथा स्कुल र मावि दोघरे त्यस्तै दोस्रो खेल ग्यालेक्सी बोर्डिङ स्कुल गौरिगाउँ र बाल अमृत दुधरासबीच हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here